मंसिर १९ , दाङ । दाङको बंगलाचुली गाउँपालिका–५ साकिने र कुडुले गाउँमा पहिलो पटक सुन्तलाको ब्यबसायिक खेती गरिएको छ ।
बंगलाचुली – ४ मा पनि फाट्टफुट्ट रुपमा सुन्तलाको ब्यबसायिक खेती गरिएको छ । साकिने गाउँमा सुन्तलाको ब्यबसायिक खेती ६ बर्ष पहिले सुरु भएको हो ।
झन्डै ६ बर्ष अघि साकिने गाउँलाई सुन्तला पकेट क्षेत्रका रुपमा विकास गर्न बंगलाचुली – ५ को वडा कार्यालयले दश लाख र जिल्ला कृषि ज्ञान केन्द्रले ४० लाख रुपैंया बराबराको सुन्तलाका विरुवा सहयोग स्वरुप उपलब्ध गरेका थिए ।
त्यसैबाट स्थानीय किसान सुन्तलाको ब्यबसायिक खेती गर्न हौसिएको बंगलाचुली – ५ का वडाध्यक्ष लीलाबहादुर घर्तीले जानकारी दिए ।
वडाध्यक्ष घर्तीको पनि दुई सय बोट बढी सुन्तलाका बोटहरु छन् । त्यस्तै ६ वर्षअघि रोपेका विरुवामा सुन्तला फल्न थालेपछि खुसी लागेको बंगलाचुली गाउँपालिका–५ कुडुलेका मेघबहादुर रावतपनि मख्ख छन् ।
सुन्तला रोप्नु अघि रावतले पाखो बारीमा मकै गहुँ, तोरी खेती गर्दै आएको र आज त्यो ठाउँमा पँहेलपुर सुन्तला फलेको देख्दा अन्नबालीको तुलनामा राम्रो उत्पादन हुने आशा पलाएको बताए ।
यसअघि उत्पादित अन्नबालीमा जंगली पशुपंक्षी तथा जनावरले सताउने तथा खाइदिने अवस्था रहेपनि सुन्तला खेती पछि त्यसबाट समेत मुक्ति पाएको उनले बताए ।
एक पटक रोपेको सुन्तला बर्षाैसम्म फल्ने र अन्य बाली जस्तो धेरै हेरचाह नचाहिने हुँदा स्थानीय सुन्तला खेतीमा आकर्षित भएको साकिनेका टोपबहादुर पुनले जानकारी दिए ।
सहकारीका कर्मचारी र जान्ने सुन्ने गाउँले सबैले अन्नबालीबाट भन्दा सुन्तला खेतीबाट बढी लाभ लिन सकिन्छ भन्ने सरसल्लाह दिएपछि अरु जस्तै आँफुले पनि ब्यबसायिक सुन्तला खेती सुरु गरेको पुनले बताए ।
खाद्यान्न उत्पादनका दृष्टिकोणले पहाडी भूभाग उति राम्रो मानिदैनन् । तर, अमिलो जातका फलपूmलका लागि पहाडी क्षेत्र राम्रो मानिन्छन् । बगैचामा सुन्तला पँहेलपुर हुँदै गएपछि मन रमाएको उनले बताए ।
गाउँपालिका अध्यक्ष तुलसीराम पुन जिल्लामै पहिलो पटक स्थानीय किसानले व्यावसायिक रुपमा सुन्तला उत्पादन हुनु जिल्लाबासी सबैको लागि खुसीको बिषय बनेको बताए ।
उत्पादित सुन्तलाको बजारीकरण र प्रवद्र्धनमा स्थानीय सरकारले सघाउने उनले स्पष्ट पारे । २६ हजार सुन्तालका बिरुवा साकिने र कुडुले गाउँका किसानलाई प्रदान गरेको थियो । जसमध्य सहकारीमा आवद्ध साकिने गाउँका अधिकाँसले परम्परागत रुपमा अन्नबाली छोडेर सुन्तलाको ब्यबसायिक खेती सुरु गरेका छन् ।
साकिनेका ७३ घर परिवार मध्य ५० बढी घर परिवारले ब्यबसायिक सुन्तला खेती सुरु गरेका छन । बिजबाट तयार पारिएको बिरुवा भए पाँच ÷६ बर्षपछि र अन्य बिधिबाट उत्पादित बिरुवा भए तीन बर्ष पछि नै फल्न सुरु गर्छ । एक पटक लगाए पछि बर्षौंसम्म उत्पादन दिने हुँदापनि स्थानीय किसान सुन्तालको खेतीमा आकर्षित हुँदै गएको वडाध्यक्ष बताउँछन् ।
कृषि प्राबिधिकका अनुसार सुन्तला समन्द्री सतहदेखि आठ सयदेखि एक हजार मिटर सम्मको उपचाईमा फल्न सुरु गर्छ । राम्रो फाइदा लिन १२ सयदेखि १५ सय मिटरको उपचाइमा उचित हुन्छ । साकिने गाउँको माथिल्लो भागको उचाई १५ मिटरसम्म छ । -फरककोणबाट
प्रतिक्रिया दिनुहोस