विप्लव नेकपाद्धारा तुलसीपुरमा मशाल जुलुस प्रदर्शन


मंसिर १९ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले तुलसीपुरमा मशाल जूलूस प्रदर्शन गरेको छ ।

मङलबार सो पार्टीका नेताकार्यकर्ताले तुलसीपुरको विपि चोक , बिरेन्द्र चोक लगाएतका स्थानमा मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

नेकपा पश्चिम दाङले पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी लगाएतका नेताकार्यकर्ता विरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको बिरोध स्वरुप मशाल जूलूस प्रदर्शन गरेका हो ।

तुलसीपुरको सुनिल स्टेसनरी चोकबाट सुरु भएको मशाल जूलूस विपि चोक हुँदै बिरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मशाल जूलूस पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पार्टीका पश्चिम दाङ जिल्ला इन्चार्ज प्रदिप सीले अदालतले पार्टीका महासचिव लगाएतका नेताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी प्रतिसोध भावनाका साथ मुलुकलाई युद्धमा धकेल्ने षड्यन्त्र भइरहेको बताए ।

नेता प्रदिपले पार्टी र सरकारबिच भएको तीन बुदे सहमतीको गम्भीर उलंघन अहिलेको पक्राउ पुर्जी भएको बताउदै भने, “अदालतको ढोकाबाट देशलाइ भड्खालोमा हाल्न खोजिएको छ । तीन बुदे सहमती कार्यान्वयन भएन भने हामी नयाँ ढंगको आन्दोलन गर्छौं । हाम्रो पार्टी तीन बुदे सहमतीप्रती इमानदार छ । हामी सहमतीको पुर्ण पालना गरिरहेका छौँ तर राज्यले सहमती तोड्न खोजिरहेको छ ।”

कोणसभालाई सम्बोधन गर्दै नेता प्रदिपले देशको आमूल परिवर्तनका लागि समाजवाद चाहिएको समेत बताए । उनले भने , “ आमूल परिवर्तनका लागि समाजवाद चाहिन्छ । समाजवादका लागि जनमतसंग्रह गरौं । जनताले समाजवाद चाहिरहेका छन तर यहाँ अनेकौं षड्यन्त्र गरेर समाजवादी आन्दोलनलाई तुहाउने प्रयास भईरहेका छन् । यहाँका प्रतिगामीहरुले समाजवादी आन्दोलन देख्न चाहिरहेका छैनन्।”

कोणसभाको सहजीकरण नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम पार्टीका पश्चिम दाङ जिल्ला इन्चार्ज निर्मल सीले गरेका थिए ।

मशाल जूलूस प्रदर्शनमा नेकपाका नेताकार्यकर्ताले कथित पक्राउ पुर्जी खारेज गर , नेकपा जिन्दावाद , एकीकृत जनक्रान्ती जिन्दावाद , तीन बुदे सहमती कार्यान्वयन गर , दलाल सत्ता मुर्दावाद लगाएतका नारा लगाएका थिए ।

१९ मंसिर २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको