असोज १८, सल्यान । सल्यानको एक विद्यालयमा बैज्ञानिक अनुसन्धान क्लव निर्माण गरिएको छ ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ स्थित निराजन मावि ढोरचौरमा ‘निराजन साईन्स रिसर्च क्लव’ गठन गरिएको हो । विज्ञान शिक्षकहरु र विद्यार्थीको साझा संगठनको रुपमा विहिबार क्लव गठन गरिएको विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीमगरले जानकारी दिए ।
क्लवको संरक्षकमा प्रअ घर्ती मगर स्वयम रहेका छन् भने क्लवको संयोजकमा शिवसुन्दर केसी, सहसंयोजकमा दिपक शर्मा, सचिवमा यमराज सुनार, सहसचिवमा माया बुढाथोकी, कोषाध्यक्षमा कृष्ण प्रसाद चौधरी र ४० जना सहस्य रहेका छन् ।
विज्ञानलाई समाज सम्म र समाजलाई विज्ञान सम्म पुर्याउने कार्य गर्ने थलोको रुपमा क्लवलाई लिइएको छ । विज्ञानलाई सर्वव्यापी बनाउने र विद्यालयमा औपचारिक कक्षामा सिकेका सैदान्तीक पक्षहरुलाई व्यवहारमा उतार्ने तथा जीवनसंग सान्दर्भीक बनाउन विभिन्न परियोजना बनाउने, कार्यान्वयन गर्ने, वैज्ञानीक चासो र रुचीका विषयमा खोजतलास गर्ने लगाएतका उद्देश्य सहित क्लव गठन गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीमा विभिन्न सामग्री र क्रियाकलाप मार्फत स्वस्थ प्रतिष्पर्धा गर्ने बानीको विकास गर्ने, विज्ञानलाई मानव हितका लागि उपयोग गर्नका लागि समाजमा सचेतना फैलाउने तथा समय समयमा विज्ञान प्रदर्शनीको आयोजना गर्ने लगाएतका उद्देश्य क्लवका छन् ।
प्रतिक्रिया दिनुहोस