असोज १८, रोल्पा । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाले रोल्पा त्रिवेणीका भुमिसरा पुन वलिलाई आर्थिक सहयोग गरेको छ। साउदी साखाका उपाध्यक्ष टेकेन्द्र रानाको संयोजकत्वमा संकलन भएको सहयोग पिडितलाई हस्तान्तरण भएको छ ।
पिडितको आफ्नो घर पनि नभएको, सानो छदा दुबै खुट्टा जलेर हिड्न नसक्ने र श्रीमानको पिसाब थैलिमा समस्याभई पोलिथिन थैलि बोकेर हिड्नु परेकोले भुमिसरा पुन वलीको उपचारकालागी राहात होस भनेर १९ हजार सहयोग भएको छ । त्यसैगरी तिनै पिडितलाई कुवेतमा रहने रोल्पा रुण्टिगढी २ गोरिनेटाका होम बहादुर मगरले रु. ३ हजार सहयोग गर्नुभएको छ।
सहयोग हस्तान्तरण गर्न ३ नम्बर वडाध्यक्ष टिला कुमारी वलि र अन्तर्राष्ट्रिय रोल्पालि सेवा समाजका प्रवक्ता वकिल पुन पिडितकै घरमा गई सहयोग हस्तान्तरण गर्नुभएको छ।
त्यसैगरी रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १० चनखु निवासी बर्ष ४० की अस्मिता मगर बिगत ३ बर्ष देखि बिरामी भएको र उहाँको एउटा खुट्टा भाचिएकाे र अर्को खुट्टा पुरै नचल्ने भएकोले संचारकर्मि अनिता थापाको आग्रहमा अन्तर्राष्ट्रिय रोल्पाली सेवासमाजका प्रवक्ता वकिल पुन मार्फत रुपैया ५ हजार पिडितलाई हस्तान्तरण गरिएको छ। पिडित अस्मिता मगर हाल पाटन अस्पतालमा उपचार गराई रहनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस