भदौ १९, तनहुँ । नेपाल कम्युनिस्ट पार्टी तनहुको आयोजनामा राष्ट्रघाती एमसिसि खारेजी र राष्ट्रिय स्वाधीनताको सवाल बिषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । भदौ १२ गते तनहुको सदरमुकाम दमौलीमा सम्पन्न भएको तनहुँ जिल्ला इन्चार्ज निशान सीले जानकारी दिनु भयो ।
कार्यक्रमलाई प्रमुख अतिथि तथा नेकपाका स्थायी समिति सदस्य शुसिल सीले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित टिप्पणी कर्ताहरुले उठाएका एमसीसी बिषयक प्रश्नहरुको जबाफ दिनुका साथै एमसीसी खारेजी र राष्ट्रिय स्वाधिनताको सवालमा प्रस्ट्याउनु भएको थियो ।
नेकपा पूर्वी गण्डक ब्युरो इन्चार्ज तथा पोलिटब्युरो सदस्य आदर्श सीले राष्ट्रघाती एमसिसि खारेजी र राष्ट्रिय स्वाधीनताको सवाल अवधारणा पत्र प्रस्तुत गर्नुका साथै उक्त पत्रको भाव प्रस्ट्याउने काम गर्नु भएको थियो । उक्त अबधारणा पत्र आदर्शीले नै तयार गर्नु भएको थियो ।
एमसिसि बिरुद्द भएको कार्यक्रमका सभापति तथा तनहुँ जिल्ला इन्चार्ज निशान सीले एमसिसिका कारण नेपालको राष्ट्रियता गम्भीर संकटमा उभिएको बताउनु भयो । राष्ट्रियताको रक्षा गर्न देशभक्तहरु एकै ठाउँमा उभिनु पर्नेमा समेत जोड दिनु भएको थियो ।
कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेकपा एमाले जिल्ला उपाध्यक्ष हरिराज कंडेल, नकपा समाजबादीका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रताप लाल श्रेष्ट, नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य रामचन्द्र सापकोटा, नेकपा मसाल जिल्ला सदस्य पुष्पलाल श्रेष्ट, बैज्ञानिक समाजबादी केन्द्रिय सदस्य अनिल शर्मा, जनता समाजबादी पार्टी जिल्ला सदस्य अर्जुन गुरुङ, बाम बुद्दिजिबि डम्बर देव कैनी, वार एशोसियसन जि अध्यक्ष डम्बर हड्खलेको उपस्थिति रहेको थियो । सबै अतिथिहरुद्वारा आ-आफ्नो धारणा पेश गर्नु भएको थियो ।
कार्यक्रमलाई नेकपा प्रतिनिधि समिति सदस्य एटम सीले सहजीकरण गर्नु भएको थियो भने गौरव सीले स्वागत मन्तब्य दिनु भएको थियो ।
अवधारणा पत्र:
प्रतिक्रिया दिनुहोस