असोज १७, रोल्पा । नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा नेपाली बिशेषता बिषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो रोल्पाको लिबाङमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलहरु, समाजसेवी बुद्धिजीवी, पत्रकार तथा नेकपाका पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिटब्युरो सदस्य सन्देस सी रहनु भएको थियो । अन्य अतिथिहरु नेकपा राप्ती ब्युतो इन्चार्ज तथा केन्द्रिय सदस्य सविन सी, केन्द्रिय सदस्य असिना सी, युवा संगठन नेपालका केन्द्रिय सदस्य बिसलेष्ण सी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित दुई दर्जन भन्दा धेरै व्यक्तिहरुले समाजबाद बिषयमा आफ्नो टिप्पणी राख्ने कार्य भएको थियो । उक्त टिप्पणी प्रति कार्यक्रमका प्रमुख अतिथि सन्देश सीले स्पस्ट पार्ने काम भएको थियो । सन्देश सीले अब संसदीय व्यबस्थाको बिकल्पमा नेपाली विशेषताको समाजबाद भएको वताएका छन् ।
प्रमुख अतिथिले राजनीतिक समसामयिक परिस्थितिलाई बिस्लेशन गर्दै एमसिसि परियोजना मार्फत साम्राज्यबादले नेपालमा ठाडो हस्तक्षेप गरिरहेको जिकिर गर्नु भयो । राष्ट्रिय स्वाधीनताको रक्षा गर्न समाजबादी मोर्चाको भूमिका महत्वपूर्ण हुने समेत बताएका छन् ।
नेकपा केन्द्रिय सदस्य आक्रोस सीको सभापतित्व रहेको कार्यक्रमलाई केन्द्रीय सदस्य पोष्टमान सीले संचालन गर्नु भएको थियो भने नेकपा केन्द्रिय प्रतिनिधि तथा पश्चिम रोल्पाका सेक्रेटरी सन्दिप थापाले स्वागत मन्तब्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस