साउन १९, दाङ । सवारी दुर्घटनामा ज्यान गुमाएका माउली दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका – १२ कौवापुरका ३२ बर्षीय लोकेन्द्र भुसाल नारायणी नदीमा बगेर बेपत्ता भएका छन् ।
तुलसीपुर – १२ कौवापुरका ३२ बर्षीय रेमन्त बस्नेतको मृत्युपछि अस्तु सेलाउन भनेर भुसाल एक्लै तुलसीपुरबाट बिहीबार बुलेकी त्रिवेणीको देवघाट तर्फ लागेका थिए ।
तुलसीपुर – १२ रझेनामा साउन १५ गते बेलुका ८ बजेतिर ३२ बर्षीय रेमन्त बस्नेत सवार रा ७ प ३४१६ नम्बर मोटरसाइकलले रा २ प ४३२२ नम्बरको स्कुटीलाई पछाडिबाट ठक्कर दिएपछि मोटरसाइकल चालक बस्नेत गम्भीर घाइते भएका थिए ।
तुलसीपुर हुँदै बाँके र त्यहाँपनि उपचार संभव नभएपनि भारतको लखनउमा उनको उपचारका क्रममा बुधबार दिउँसो निधन भएको थियो । बस्नेतको शब बिहीबार घरमा ल्याइ हिन्दु परम्परा अनुसार तुलसीपुर – १२ सितलपुरस्थित बबइ नदी घाटमा अन्तेष्टिपछि फुला (अस्तु) लिएर भुसाल देवघाट गएका थिए ।
हिन्दु परम्परा अनुसार बस्नेतको मोक्ष प्राप्तीको लागि पुरेत राखेर बिधि पूर्वक सबै काम पुरा गरि सकेपछि स्नान गर्न भनी दुइ नदीको संगम स्थलमा प्रबेश गरेका भुसालाई शुक्रबार बिहान करिव ७ बजेतिर नारायणी नदीले बगाएको थियो ।
इलाका प्रहरी कार्यालयका प्रहरी अधिकारीका अनुसार उनको खोजी कार्य जारी रहेको र गोताखोर पनि बोलाइएको छ । बेपत्ता भुसाल पेशाले शिक्षक हुन । उनले जाजरकोटको चौरजहारीमा रहेको एक बिद्यालयमा पढाउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस