राेल्पामा गाेलभेडाकाे मुल्य १ सय ५० पुग्दा किसान हर्षित

फाइल तस्बिर

साउन १८, राेल्पा । राेल्पाको त्रिवेणी गाउँपालिका ४ निगालपानीका किसानहरुले गाेलभेडाकाे किलाेकाे १सय ५० रुपैयाँमा बिक्री गरेका छन।

बेमाैसमी तरकारी उल्पादनमा अब्बल बनेका यस क्षेत्रका किसानहरु हाल सम्मकै उच्च मुल्यमा अाफुले उब्जाएकाे तरकारी बेच्न पाए पछि हर्षित भएका छन। विगतका बर्षहरुमा प्रति केजीकाे मुल्य ४०/५०मा बेच्ने गरेकाेमा याे बर्ष तरकारीकाे मूल्य अहिले सम्मकै उच्च रहेकाे किसानहरुले बताएका छन।

हप्तामा अाईतबार र बुधबार लाग्ने बजारमा एकै दिनमा ५० लाख ३० हजार रुपैयाँ बराबरकाे तरकारी यस क्षेत्रबाट बिक्री भएकाे छ। राेल्पा जिल्लाकाे क्षेत्रहरु मध्ये त्रिवेणी गाउँपालिका ४ का बस्तिहरु तरकारी खेतीमा अब्बल मानिन्छ।यस क्षेत्रका किसानहरुले बार्षिक अाम्दामी ३/४ लाख तरकारी उत्पादन गरेर कमाउँने गर्दछन।

त्रिवेणी गाउँपालिका ४ निगालपानी हातबजारकाे तरकारीकाे मुल्य सुचि अनुसार गाेलभेडा प्रतिकिलाे १सय ५०सम्म, काउली २५देखि ४०सम्म, बन्दा प्रतिकेजी १३देखि २० सम्म, भेडे खुर्सानी ४० देखि ५० सम्म माछा खुर्सानी ४०देखि ५५सम्म, सिमी ३० देखि ४५ सम्म, धनिया ४०देखि ८०रुपैयामा बिक्री भएकाेछ ।

साथै यस क्षेत्रमा उत्पादन भएकाे तरकारी दाङ, सल्यान, नेपालगन्ज बुटवल, नारायणगद, सुर्खेत ,पाेखरा शहरहरुमा निर्यात गरिन्छ । केहि बर्ष पहिले यस क्षेत्रमा उत्पादन भएकाे तरकारी किसानहरु बाेकेर छिेमेकी जिल्ला सल्यानकाे कपुरकाेटमा लगेर बेच्ने गर्दथ्ये । अहिले राेल्पाकाे त्रिवेणी गाउँपालिका ४ निगालपानीमा अाईतबार, बुधबार गरी दुई बार तरकारी बजार लाग्ने गरेकाे छ ।

त्रिवेणी गाउँपालिकाे अन्य वडाहरुमा पनि तरकारी सङकलन केन्द्र्मा किसानहरुले अाफुले उत्पादन गरेकाे तरकारी बिक्री गर्दै अाएका छन।

१८ श्रावण २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको