अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दाङ शाखाको प्रथम साधारणसभा सम्पन्न


भदौ १६, दाङ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज –दाङ शाखाको पहिलो साधारणसभा सम्पन्न भएको छ ।

भुपु सभा हल घोराही बसपार्कमा शुक्रबार एक कार्यक्रम गरि भव्यरुपमा सम्पन्न भएको हो।

बिगत लामो समयदेखि सामाजिक कार्यमा कृयाशिल सामाजिक संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज रोल्पा बिभिन्न रास्ट्रहरुमा समेत शाखा बिस्तार गरेको छ । त्यसैक्रममा दाङमा लाखौंको संख्यामा बस्दै आएका रोल्पालिहरुको एकीकृत सामाजिक काममा सहकार्यको दाङमा बसोबास गर्दै आएका रोल्पालिहरुले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दाङ शाखा बिस्तार गरेको एक बर्ष पूरा भएको उपलक्ष्यमा विविध कार्यक्रम गरि प्रथम साधारणसभा सम्पन्न गरेको समाजको अध्यक्ष ओमप्रकाश खड्काले बताए ।

कार्यक्रमको प्रमुख अतिथि समाजको केन्द्रिय अध्यक्ष दिलाराम वली,बिशिस्ट अतिथी कैलास रोका,तिकाराम डाँगी लगायत समाजका अगुवाहरुको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य समाजका उपाध्यक्ष देउचन वलीले गरेका थिए भने कार्यक्रमको सन्चालन समाजका महासचिव घनश्याम गिरिले गरेका थिए ।

१६ भाद्र २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको