रोल्पाली सेवा समाजले मृगौला पिडित प्रमिशालाई सहयोग गर्यो


कार्तिक १५, रोल्पा । रोल्पाली सेवा समाजले त्रिवेणीका १३ बर्षिया बालिका प्रमिशा बुढा मगरलाइ आर्थिक सहयोग गरेको छ । त्रिबेणी ७ कि प्रमिशा बुढालाई संस्थाले ६० हजार सहयोग गरेको हो । उक्त रकम रोल्पाली सेवा समाज मलेसिया शाखाले संकलन गरेर पठाएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष डिलाराम वली रहेका थिए । अन्य अतिथिहरु केन्द्रीय सल्लाहकार कैलाश रोका, दाङ शाखाका प्रमुख सल्लाहकार शक्तिराम डाँगी पत्रकार महासंघमा केन्द्रीय उपाध्यक्ष उदय जिएम, पत्रकार गोबिन्द खड्का, पत्रकार पहलमान घर्ती दाङ शाखाका सल्लाहकार टेक बहादुर वली जिवन घर्ती, घन बहादुर रोका, ओम प्रकाश वली, हरिजोनी घर्ती, केन्द्रिय सचीव रोशन गीरि, कोषाध्यक्ष निशान वली, प्रबक्ता ओकिल बहादुर पुन, मलेसिया शाखाका प्रबक्ता शुर्य घर्तीको उपस्थिति रहेको थियो ।

दाङ शाखाका अध्यक्ष ओम प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई दाङ शाखाका महासचिव घनश्याम गिरिले सहजीकरण गरेका थिए ।

 

१५ कार्तिक २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको