गंगादेव गाउँपालिकामा कम्युनिस्टहरु बिच समाजबादी मोर्चा गठन


कार्तिक १५, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा कम्युनिस्टहरु बिच समाजबादी मोर्चा गठन भएको छ । गंगादेवका ३ वटा कम्युनिस्ट दलहरु नेकपा माओबादी केन्द्र, नेकपा र नेकपा समाजबादी पार्टीहरु बिच मोर्चा गठन भएको हो ।

नेकपा माओबादी केन्द्र गंगादेव गाउँपालिकाका इन्चार्ज राम बहादुर वली समाजबादी मोर्चाको संयोजक भएका छन । मोर्चाका अनुसार ४/४ महिनामा हरेक पार्टीले आलोपालो नेतृत्व लिने सहमति अनुसार मोर्चाको पहिलो संयोजकमा ओली चुनिएका हुन ।

समाजबादी मोर्चामा प्रत्यक पार्टीबाट ३ जनाको प्रतिनिधित्व रहेकोले ९ जनाको कमिटी गठन भएको छ । जसमा नेकपा माओबादी केन्द्रबाट राम बहादुर वली र भरत केसी, नेपाल कम्युनिस्ट पार्टीबाट क्षेत्र बहादुर चन्द ‘किरण सी’, नन्दे वली ‘मंगल सी’ र डिल्ली रमण वली ‘असल सी, नेकपा समाजबादी पार्टीबाट कृष्ण कुमार डाँगी, निम बहादुर डाँगी र प्रशाराम वली रहेका छन् भने माओबादी केन्द्रबाट १ जना पछी थप्ने निर्णय भएको छ ।

समाजबादी मोर्चाको गठन क्रममा नेकपाका केन्द्रिय सदस्य जंग बहादुर सी ‘आक्रोस’को प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरु नेकपा समाजबादी पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य नेप बहादुर डाँगी,  नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नन्द बहादुर पुन र नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य लाल बहादुर सी ‘बिश्व’को उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि र अन्य अतिथिहरुद्वारा मोर्चाको उदेश्य र पार्टी एकता बारे चर्चा गरेका थिए । नेपाली विशेषताको समाजबाद आजको आवस्यकता भएको जिकिरसमेत गरेका थिए । आगामी चुनामा समेत रणनैतिक महत्वको साथ यो मोर्चा उपयोगी हुन सक्ने भन्दै केहि अतिथिहरुले आफ्नो धारणा समेत राखेका थिए ।

मोर्चाले समाजबादी मोर्चा वडास्तरसम्म बिस्तार गर्ने निर्णय गरेको छ भने जिल्लाको बृहत सन्देश सभापछि पालिका स्तरमा पनि सन्देश सभा गर्ने निर्णय गरेको छ ।

बैठक नेकपा माओबादी केन्द्रको पार्टी कार्यलय सानडांडामा हिजो १४ गते मंगलबार बसेको थियो ।

१५ कार्तिक २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको