साउन १६, रोल्पा । भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी हो आलु । तर आलुमा पनि आत्मनिर्भर हुन नसक्दा यसको आयात बढ्दै गएको छ । भारत, पेरु, बङ्गलादेश, चीन, दक्षिण कोरिया, नेदरल्याण्ड, सिंगापुर, बेलायतलगायतका देशबाट नेपालमा आलु आयात हुने गरेको छ ।
केन्द्रीय भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो ६ वर्षमा एक खर्ब भन्दा धेरैको आलु आयातभएको छ । तर ग्रामिण क्षेत्रका किसानलाई व्यावसायिक आलु खेतिमा जोड्न सके आयात घटाउन सकिने सम्भावना देखिएको छ । रोल्पाको गंगादेवका किसान आलु खेतिबाटै राम्रो आम्दानी गर्न सफल छन् ।
माघ–फागुनमा आलु रोपेका किसानलाई जेठ अन्तिमबाटै अहिले सम्मआलु खन्न र बेच्नभ्याई नभ्याई भएको छ । कतै ताजाआलु खनेर बोरामा प्याकिङ गरिरहेका हुन्छन् त कतै आलु गाडिमा लोड गर्नका लागी रोड सम्म बोरा ओसार्नमा दौडधुप गरिरहेका हुन्छन् । गंगादेव ३ का सीता केसीलाई पनि अहिले आलु खन्ने चटारो छ । विहानैदेखि बारीमा आलु खनिरहेकी के.सी भन्छिन- “आम्दानीको एक मात्र स्रोत भनेकै आलु हो, अहिले हामीलाइ आलु बेच्न भ्याइनभ्याइ छ ।” उनि जस्तै गंगादेव ३ की पार्वती केसीलाई पनि वर्षभरीका लागि घर खर्च चलाउन आलु खेतिकै भर छ । यतिबेला उनि आलु खन्न र बेच्नमा ब्यस्त हुनुहुन्छ ।”, उनले भनिन- “हामिले घर खर्च चलाउने भनेकै आलुबाट हो । आलु उत्पादनगर्न सकियो भने किन्न व्यापारीहरु घरमै आउछन्, बेच्नको लागीकुनै चिन्ता छैन ।”,
त्यतिधेरै दुःखपनि नहुने छोटो समयमै आलु उत्पादन हुने र आम्दानी पनी राम्रो हुने भएपछि गंगादेवका सम्पुर्ण किसानहरु आलु खेतीतर्फ निक्कै आर्कषित छन् । गंगादेव गाउँपालिकामा हिउदे र वर्षे गरी दुई किसिमको आलु उत्पादन हुने गर्दछ । सिचाइ पुर्वाधार हुने ठाउमा, माघको पहिलो हप्ता देखि आलु खेतीगर्ने प्रचलन रहेको छ भने सिचाइ पर्याप्त नुहने ठाउँमा फागुन अन्तीम र चैतको पहिलो हप्तातिर खेती गर्ने चलन छ । गंगादेवमा पहिले भन्दा अहिले अझ आलु उत्पादन प्रति किसानको लगाव बढेको छ । छोटो समयमा ९० दिनमा फल्ने आलु किसानको लागी रोजाइ भएको छ ।
आलुको उत्पादन बढाउँनको लागी गंगादेव गाउँपालिका लागी परेको छ । झन गंगादेव गाउँपालिकाको वडा नं. ३ आलुको लागी अब्बल मानिन्छ । बिशेष गरी यहाँका किसानले आलुलाई नगदे बालीकै रुपमा लिएर कामगर्न थालेका छन् । गंगादेव गाउँपालिकाका हरेक घरमा थोरैमा ३० देखि धेरैमा २ सय २० क्वीन्टल सम्म आलु उत्पादन हुन्छ । जेठ पहिलो साता देखि साउन पहिलो साता सम्म गंगादेवबाट करिब १९ हजार क्वीन्टल आलु बाहिरिएको छ । यसपाली गंगादेवमा करिब ४० हजार क्वीन्टल फलेको र असोजसम्ममा सबै आलु बाहिरी सक्ने गाउँपालिकाको अनुमान रहेको गंगादेव गाउँपालिका कृषिबिकास शाखा प्रमुख टिकाराम वलीले बताए । उनले भने- “गंगादेव गाउँपालिकामा आलु उत्पादनको लागी राम्रो सम्भावना छ । यो पटक आलु विक्रीबाट करिव गंगादेवमाकरिव १२ करोड रुपैँया आम्दानी हुने अपेक्षा गरिएकोछ ।”,
यहाँको आलु दाङ, बुटवल, पोखरा र विशेष गरी काठमाण्डौमा माग हुने गरेको छ । गंगादेव गाउँपालिकाले विशेष त आलु पकेट क्षेत्र, आलु ब्लक कार्यक्रम जिल्ला, आलु बिकास कार्यक्रम खुमलटार सगं समन्वय गरेर यो भन्दा पहिले देखिनै कामगर्दै आएको र अहिले पनीगतवर्ष २०७९–०८० देखि नैव्यवसायीक आलु पकेट बिकाश क्षेत्र निर्धारण गरेर कार्यक्रम सुचारु गर्दै आइरहेको छ । आव २०८०–०८१ कालागी पनी गंगादेव गाउँपालिकाले आलु सम्वन्धी विज्ञ लिएर तालिम संचालन गर्ने बताएको छ ।
गंगादेव गाउँपालिकामा आलु विउको लागी रष्ट्रिक स्टोरको समस्या भएको हुदा आलुको विउ सुधारको लागी विभिन्न खालका रष्ट्रिक स्टोर अर्थात आलु भण्डारण घर निर्माण गर्ने र किसानहरुलाई विउ सुधारको लागी नयाँ आलुको मुल तथा उन्नत विउको पहिलो पुस्ता नै वितरण गर्ने लक्ष्य राखेको गंगादेव गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुनले बताए । यसका साथै सबै ठाउँमा सिचाईका पुर्वाधारहरु पुर्याउने लक्ष समेत राखेको बताए । अध्यक्ष पुनले भने – “गंगादेवगाउँपालिका कृषिको लागी राम्रो सम्भावना छ, हामीले कृषिलाईनै विशेष प्राथामिकता दिने योजना बनाएका छौ ।”, व्यावसायिक आलु खेतीकै कारण लुम्बिनी प्रदेशभरी यतिबेला गङ्गादेव गाउँपालिकाको चर्चा छ । यति सम्मकि प्रदेश सरकारले नमुना गाउँ रुपमा आलु उत्पादन प्रविधिलाई अवलम्बन गर्दै नीतिगत हिसाबले अन्य जिल्लामा पनि आलु खेतिको योजना समेत बनाएको छ ।
प्रतिक्रिया दिनुहोस