अनलाइन मगर संसार गायन आइडल २०८० बैशाख ९ देखी सुरु हुने


अनलाइन मगर संसार गायन आइडल २०८० बैशाख ९ देखी सुरु हुने भएको छ । चर्चित गायिका प्रीति आले मगर र सर्जक कलाकार डोलराज बारघरे मगर जज रहेको प्रतियोगितामा बिभिन्न राशिका पुरस्कार सहित प्रमाणपत्रको ब्यबस्था सहित गरिएको छ ।

✅ #प्रथम_Prize:- रू.२०,०००/- + सम्मान पत्र + ट्रफी
✅ #दोस्रो_Prize:- रू.१०,०००/- + सम्मान पत्र
✅ #तेस्रो_Prize:- रू.५,०००/- + सम्मान पत्र

✅ Top 10 भित्र पर्नुहुने तर बिजेता नबनेका ७ प्रतियोगीलाई २/२ हजार प्रदान गरीने।
Note:-#Idol बिजेताले मगर संसारले निकाल्ने आगामी गीतमा स्वर दिन पाउने।

मगर संसार(Magar Sansar) फोटो ग्यालरी ग्रुप/पेजको #छैठौँ_बार्षिक_उत्सवको अवसरमा विश्व भरिका मगर लाफाहरुको कला/गला/प्रतिभालाई उजाकरण गर्न र विश्व सामु पुर्याउन राखिएको ४३ औँ #Online प्रतियोगिता अंतर्गत #मगर_संसार_गायन_आइडल_२०८० निम्न/मिति/समयमा हुने भएकोले मगर संसार भित्र आबद्द सम्पूर्ण मेम्बर लाफाहरुमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं।

मगर संसार गायन आइडल २०८० चार (४)चरणमा सम्पन्न हुने र प्रत्येक चरणको नियम फरक हुने भएकोले सहभागी प्रतियोगीले नियम अनिवार्य हेरिदिनु हुन अनुरोध गर्दछौ।

🔈🔈
‼️🎙️ #पहिलो_अडिसन_सुरु र #नियमहरु

👉 #अडिसन सुरु :- २०८० बैशाख ९ गते शनिवार बिहान ८ बजे देखी बैशाख १५ गते शुक्रवार बेलूकी ८ बजे सम्म मात्र

✅ १) अडिसन राउण्डमा सहभागी प्रतियोगीले आफ्नो परिचय सहित १ मिनेट माथिको Video Record गरि मगर संसार ग्रुप भित्र एक हप्ता भित्र पोस्ट गर्नुपर्ने छ।

✅ २) हिन्दी/अंग्रेजी गीत गाउन पाइने छैन नेपाली बिधाको हुनुपर्ने छ । टिकटक video मान्य हुदैन।

✅ ३) पोस्ट गर्दा नाम,ठेगाना उल्लेख गर्नुपर्ने तर मगर पोशाक अनिवार्य नहुने ।

✅ ४) पोस्ट गर्ने समय :- एक हप्ता अर्थात २०८० बैशाख ९ गते शनिवार बिहान ८ बजे देखी बैशाख १५ गते शुक्रवार बेलूकी ८ बजे सम्म मात्र रहनेछ ।

✅ ५) जज र एडमिनले मूल्यांकन गरी दोस्रो चरणमा प्रबेश गर्ने प्रतियोगीको नाम बैशाख १६ गते शनिवार दिनको १२ बजे सार्बजनिक गरिने छ ।

🔈🔈
‼️🎙️ #दोस्रो_चरणको_प्रतियोगिता र #नियमहरु

👉(दोस्रो चरणमा छनोट हुने प्रतियोगी मध्यबाट २० जनालाई जजको आधारमा तेस्रो चरणमा लगिने छ ।)

#Post गर्ने मिति :- २०८० बैशाख १७ आइतबार बिहान ८ बजे देखी बैशाख १८ गते सोमबार बेलूकी ८ बजे सम्म मात्र
…………
✅१) दोस्रो चरणमा प्रबेश गर्नुहुने प्रतियोगीले मौलिक लोक भाकाका गीतहरु जस्तै:- लोक गीत/एकल गीत/कौराहा/चुटका/सालेजो/यानीमाया/सोरठी/लोक दोहोरी /मगर भाषाका गीत इत्यादि मध्य एक भाकामा गाउनु पर्नेछ।

✅२) भिडियो बनाउँदा सम्बोधन सहित २ मिनेट माथिको बनाउनु पर्ने छ । मगर पोशाक अनिवार्य नहुने ।

✅३) भिडियो पोस्ट गर्ने मिति:- २०८० बैशाख १७ आइतबार बिहान ८ बजे देखी बैशाख १८ गते सोमबार बेलूकी ८ बजे सम्म मात्र रहनेछ।

✅ ४) जजको आधारमा २० जना प्रतियोगीलाई तेस्रो चरणमा लगिने छ।

✅५) तेस्रो चरणमा प्रबेश गर्नुहुने प्रतियोगीको नाम २०८० बैशाख २२ गते शुक्रवार बेलूकी ८ बजे सार्वजनिक गरिनेछ ।

🔈🔈
‼️🎙️ #तेस्रो_चरणको_नियम_र_मिति :-

(तेस्रो चरणमा छनोट भएका २० प्रतियोगी मध्य जजको आधारमा #Top_10 छनोद गरिने छ।

#तेस्रो चरण सुरु :-२०८० बैशाख २४ गते आइतबार बिहान ८ बजे देखी बैशाख २५ गते सोमबार बेलूकी ८ बजे सम्म

✅१) आधुनिक/पप/लोक पप/फिल्मि गीतहरु गाउनु पर्नेछ।
✅२) सम्बोधन सहित ३ मिनेट माथिको Video हुनुपर्ने छ ।

✅३) भिडियो Post गर्दा नाम र ठेगाना अनिवार्य उल्लेख गर्नुपर्ने छ।

✅४) पोस्ट गर्ने मिति :- २०८० बैशाख २४ गते आइतबार बिहान ८ बजे देखी बैशाख २५ गते सोमबार बेलूकी ८ बजे सम्म

✅५) जज द्वारा उत्कृष्ट दश जना (Top 10 )मा छनोदमा परेका प्रतियोगीको नाम बैशाख २९ गते शुक्रवार बेलूकी ८ बजे सार्बजनिक गरिने छ।

🔈🔈
‼️🎙️ #अन्तिम_चौथो(#फाइनल_राउण्ड)नियमहरू:-

(#फाइनल/चौथो चरण सुरु :- २०८० बैशाख ३१ गते आइतबार )

✅१) भिडियो बनाउँदा सम्बोधन सहित ४ मिनेट माथिको भिडियो बनाउनु पर्ने छ।

✅२) आफुलाई मन परेको जून सुकै गीत Track मा पनि गाउन सक्नु हुनेछ ।

✅३) भिडियो पोस्ट गर्दा नाम, ठेगाना उल्लेख गर्नुपर्ने छ ।

✅४) भिडियो पोस्ट गर्ने समय :- २०८० बैशाख ३१ गते आइतबार बिहान ८ बजे देखी सोही दिनको बेलूकी ८ pm सम्म मात्र रहने छ । १२ घण्टा मात्र रहनेछ ।

✅५) पोस्ट रिचको भोटिंग समय २०८० बैशाख जेष्ठ ५ गते शुक्रवार बेलूकी ८ बजे सम्म रहने छ ।

✅६) नतीजा पोस्टमा आएको #पोस्ट_रिच(Post Reach) को आधारमा #प्रथम, #दोस्रो र #तेस्रो छनोट गरीने छ।(like/कमेन्ट/शेयर र जजको कुनै पनि भूमिका रहने छैन।)

✅७) नतीजा सार्बजनिक :- २०८० जेष्ठ ६ गते शनिबार बेलूकी ७ बजे live मार्फत हुनेछ ।

🏆🏆 #पुरस्कारहरु:-🏆🏆
✅ प्रथम पुरस्कार:- रू.२०,०००/- + सम्मान पत्र + ट्रफी
✅ दोस्रो पुरस्कार रू.१०,०००/- + सम्मान पत्र
✅ तेस्रो पुरस्कार रू.५,०००/- + सम्मान पत्र

✅ Top 10 भित्र पर्नुहुने तर बिजेता नबनेका ७ प्रतियोगीलाई २/२ हजार प्रदान गरीने ।

#मूल्यांकन_समितिमा_बस्नुहुने__जजहरु:-

🎙️१) प्रिती आले मगर(चर्चित गायिका)
🎙️२) डोलराज बारघरे मगर(गायक/सर्जक/कलाकार)

( #Note :- इन्ट्री लाग्ने छैन। प्रतियोगितामा उमेरको हक लाग्ने छैन। प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ)

✅संस्थापक/संयोजक:-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया)
#एडमिनहरु:-
– मन मास्की रानामगर
– शान्ति राना मगर
– मोनीका मगर्नी
– प्रिया रानामगर
– पृथीछक बुढा मगर
– पवित्रा थापामगर
– युगेश पांमी मगर
– राजेन्द्र रानामगर
– बिष्णु ढेगामगर
– अमीर मगर
– टूगा राना मगर
– नबिना पुन मगर
– रमेश बुढामगर
– प्रकाश मगर
– बिस्वास मगर
– निर्मला मगर
– प्रदीप घर्ती मगर
– जानकी मगर
– नीरू मास्की रानामगर
– रन्जना थापा मगर
– दीपा चितौरे रानामगर
– खुमन पुनमगर
– बलु थापा मगर
– अस्मि थापा मगर
– गमित्रा गुर्मछान मगर
– बबी गर्बुजा मगर
– सबिना थापा मगर
– नन्दिका थापा मगर
– रिशी केश आले मगर
– गुना मगर
– जस्मिन मगर
– ग्यान्दीप मगर
मगर संसार एडमीन परिवार

१८ चैत्र २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको