जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड रोल्पा नगरपालिकाको पोल्टामा


फागुन १७, रोल्पा । जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजना तथा रोल्पा नगरपालिकाको व्यवस्थापनमा फागुन १४ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो।

जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रोल्पा नगरपालिकाले शिल्ड प्राप्त गरेको छ । रोल्पाका १० वटा स्थानीय तहहरुमध्ये विभिन्न विधामा १६ स्वर्ण, ११ रजत र १९ कास्य पदक लिएर रोल्पा नगरपालिका प्रथम हुन सफल भएको छ ।

यसैगरी १४ स्वर्ण,१५ रजत र १२ कास्य पदक लिएर त्रिवणी गाउँपालिका दोस्रो भएको छ।६ स्वर्ण,६ रजत र ५ कास्य पदक लिएर सुनिल स्मृति गाउँपालिका तेस्रो भएको छ।

त्यसैगरी माडी गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ६ कास्य पदक लिएर चौथो भएको छ।थबाङ गाउँपालिकाले ३ स्वर्ण,७ रजत र ३ कास्य पदक लिएर पाँचौ भएको छ।परिवर्ततन गाउँपालिकाले ४ स्वर्ण र ५ कास्य पदक लिएर छैटौं भएको छ।गंगादेव गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ५ कास्य लिएको सातौं भएको छ।

रुन्टीगढी गाउँपालिकाले १ रजत र १ कास्य पदक लिएर आठौं भएको छ भने सुनछहरी गाउँपालिकाले १ रजत र १ कास्य पदक लिएर नवौं भएको छ र लुङ्ग्री गाउँपालिकाले १ स्वर्ण लिएर दसौं भएको छ।रोल्पा नगरपालिकाको लिबाङ टुडिखेलमा भएको ४ दिन सम्मको विविध कार्यक्रम वुधवार पुरस्कार वितरण गरेर समापन गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्य,रोल्पा नगर प्रमुख सुरेन्द्र थापा, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली,नगरपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तीले सबैलाई धन्यवाद दिनुभयो।

फागुन १४ गते उद्घाटन कार्यक्रमको लुम्बिनी प्रदेश सरकारका आर्थिक तथा भौतिक पूर्वाधार मन्त्री जोख बहादुर महराको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सभाका सांसद दिपेन्द्र कुमार पुनको विशिष्ट आतिथ्यतामा भएको थियो।

१७ फाल्गुन २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको