रोल्पामा श्रीमान-श्रीमतीको विभ’त्स ह’त्या


भदौ १५, रोल्पा । रोल्पाको माडी गाउँपालिकामा दुई जनाको ह’त्या गरिएको अवस्थामा फेला परेका छन्।

माडी गाउँपालिका ३ तालावाङमा श्रीमान/श्रीमतीको खुकुरीले काटेर वि’भत्स तरिकाले ह’त्या गरिएको अवस्थामा फेला परेका हुन् ।

रोल्पा परिवर्तन गाउँपालिका २, राङसी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र निजकी श्रीमती करिब ३७ वर्षीया पार्बती ह’त्या गरिएको अवस्थामा भेटिएको रोल्पा प्रहरी प्रमुख डिएसपि बिनोद घिमिरेले बताए ।

काठमाडौँ इटाभट्टामा काम गर्दा बिहे गरेर रोल्पा आइ तालावाङस्थित जयलाल डागीको घरमा मजदुरी गर्दै आएका थिए ।

घटनाको खबर पाएसँगै घर्तीगाउँ ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देबराज भट्राईको टोली र रोल्पा प्रहरी प्रमुख बिनोद घिमिरेको टोली घटनास्थल पुगेको बताइएको छ। घटनाको अनुसन्धानका लागी कोहरपुरबाट तालिम प्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ ।

गाउँमा विभत्स ह’त्या भएपछि यतिबेला तालावाङ गाउँ शोकमा डुबेको छ । प्रहरीले घटना बारे थप अनुसन्धान सुरु गरेको बताएको छ।

१५ भाद्र २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको