हास्य कलाकार ‘जिग्री’ झाँपाबाट चुनाव लड्ने


भदौ १५, काठमाडौं । चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले चुनाव लड्ने विषयमा छलफल थालेका छन् । आगामी मंसिर ४ गते हुन लागको संघीय निर्वाचनमा उनले चुनाव लड्ने विषयमा छलफल थालेका हुन् ।

यस विषयमा रातोपाटीले कट्टेलसँग प्रतिक्रिया लिँदा निर्वाचन लड्नेबारे आफू छलफलमा रहेकाे तर निर्णय हुन बाँकी रहेको बताए । ‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरुसँग छलफलमा पनि छु’ कट्टेलले भने, ‘छलफल जारी रहँदा नै साथीहरुले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गरेछन् ।’ निर्वाचन लड्ने हुँदा स्वतन्त्रबाट लड्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा उनी केपी ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भन्दै पोस्टर भाइरल बनाइएको छ।

 

१५ भाद्र २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको