लुम्बिनीका दुइतिहाई स्थानीय तह कांग्रेसले जित्ने सभापति पुनको दाबी

फाइल तस्बीर

चैत १७, कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा आगामी स्थानीय निर्वाचनमा तालमेल हुन सक्ने बताएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ (ख) द्वारा आज सुद्धोधन गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुन सोलोडोलोको आधारमा नभई स्थानीय जनमतको आधारमा तालमेल हुन सक्ने बताए ।

सभापति पुनले आगामी स्थानीय निर्वाचनमा लुम्बिनीका दुइतिहाई स्थानीय तहमा कांग्रेसले विजयी प्राप्त गर्ने दाबी गरे । उनले लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्य ७५ स्थानीय तहमा कांग्रेसले स्थानीय सरकार निर्माण गर्ने उनको विश्वास छ ।

१७ चैत्र २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको