चर्च बनाउन उठाएको रकम पास्टरद्वारा घोटाला गरेको खुलासा


असोज १३, काठमाडौं । चर्चका अगुवाहरुद्वारा आर्थिक घोटाला गरेको गम्भीर खुलासा भएको छ । सिनै नेपाली चर्चका फेलोशिप कुवेतका पास्टर जगत बहादुर राना मगर र उनकी श्रीमती शान्ता गुरुङ (दासी) र न्यू भिजन नेपाली मण्डली कुवेतका एल्डर जेम बहादुर थापा (याकुब)को मिलेमहतोमा चर्च बनाउन खरिद गरेको जग्गा खरिदमा ९ लाख रकम घोटला गरेको त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले जनाएको छ ।

त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले नेपालमा चर्च स्थापना गर्ने उदेश्यका साथ विश्वासिहरुबाट उठाएको रकम घोटला गरेको जनाइएको छ। ६ लाखमा खरिद गरेको जग्गालाई १५ लाखमा खरिद गरेको बनावटीगरि घोटाला भएको हो ।

चर्चको नाममा खरिद गरेको जग्गा जगत बहादुर राना मगर, जेम बहादुर थापा र कल्पना थापाको नाममा पास भएको छ भने नक्कली जग्गा धनी देखाएर ठगी गरेको प्रमाण समेत फेला परेको छ। राना मगरले जग्गा खरिदको हिसाब किताबमा सङ्कास्पद देखिए पछि उनलाई त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले ११ बुदे र जेम बहादुर थापालाइ ६ बुंदे लेखित  स्पष्टीकरण माग गरेको थियो । तर हालसम्म कुनै जबाफ नआएको त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले बताएको छ ।

उनीहरुको नाममा रहेको जग्गा त्रिएक नेपाली स्वतन्त्र चर्चले तोकेका व्यक्तिको नाममा नामसारी गरिदिन माग गरिएको छ ।

 

१३ आश्विन २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको