मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फाइल तस्बिर

असोज १३, काठमाडौं । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ। हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।

जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी स्थानमा राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७९ असोज १३ गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ असोज १४ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागकाएक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली रहनेछ।

२०७९ असोज १५ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।

 

१३ आश्विन २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको