मगर संसार ग्रुपद्वारा अशक्त सामनालाई रू साढे चार लाख बढि सहयोग


असोज १२, काठमाडौँ । मगर संसार ग्रुपद्वारा अशक्त सामनालाई ४,६०,४२८ रुपैयाँ सहयोग गरेको छ । यो सहयोग मगर संसारले उपलब्ध गराउदै आएको १२६ औ सहयोग हस्तांतरण रहेको छ ।

यस अनलाइन ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुप/पेजका संस्थापक/अध्यक्ष अनिल लामिछाने मगर ज्यूँको विशेष पहलमा संकलित सहयोग रकम मगर संसार द्वारा रु.४ लाख ६० हजार ४ सय २८ रुपिया हस्तांतरण गरेको छ।

५ बर्ष अघि “भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट गराउ” र दिन,दुखी,गरीब,अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ,भन्ने मूल नाराका साथ स्थापित यस मगर समुदायको लोकप्रिय ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजले १२५ जनालाई सहयोग गरिकेको र पुनःअध्यक्ष अनिलको बिशेष पहलमामगर संसारद्वारा आर्थिक अवस्था नाजुक रोल्पा जिल्ला माडी – ५ हाल काठमाडौ डेरा गरी बस्ने बाबा खिम ब.घर्ति मगर र आमा ममता बाठा मगरकोजेठी छोरी ८ कक्षामा अध्ययनरत १५ बर्षीय सामना घर्ति मगर ९ महिनाको उमेरमा खाना पकाउने अगेना (आँगोमा) परी खुट्टा जलेर दुबै खुट्टा गुमाउन पुगेकी मगरलाई कित्रिम खुट्टा हाल्नको लागि संकलित सहयोग रक़म हस्तांतरण गरेको हो ।

सहयोग रकम मगर संसारका एडमीन गमित्रा मगर सँगै ललिगुरास डतकमका संचालक कमल सरगमको उपस्थितिमा असोज ९ गते सामना मगरको डेरामा पुगी हस्तांतरण गरेको हो ।

सहयोग अभियान एक महीना सम्म पर्सनल फेसबुक आईडी र मगर संसार फोटो ग्यालरी ग्रुप भित्र चलाएको थियो। अभियानमा कोरिया,अमेरिका, मलेशिया, दुबई, साउदी, कतार ,कुबेत, इंडिया, क्यानाडा, हङकङ,जापान,नेपाल रोमाननिया,इराक, लण्डन लगायत देशमा बसोबास गर्नुहुने मनकारी मगर ,अमगर साथीहरुले सहयोग पठाउनु भएको जानकारी मुख्य अभियंता अनिल लामिछाने मगर ले हामीलाई जानकारी दिनु भएको छ ।

हाल अनिल लामिछाने मगर कामको सिलसिलामा द.कोरिया छन भने उहाँको नेतृत्वमा आजसम्म १२६ दीन, दुखी, गरीब पिडित बिरामिलाई online को माध्यम बाट सहयोग गरी सकेको समेत जानकारी दिनु भयो

१२ आश्विन २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको