स्थानीय चुनावमा कस्तो व्यक्त्ति छनोट गर्नुपला ?


बैशाख ३० हुने स्थानीय चुनाब नजिकए सगैं पाँच बर्ष पहिले देखिएका विभिन्न राजनैतिक दलका नेताहरू फेरि गल्ली गल्लीमा, गाउँगाउँमा देखिन थालेका छन् । मिठा मिठा आश्वासन र झुठका पुलिंदाहरु छरिरहेका छन् । युवाहरु परिवारको मुखमा गाँस र शरीर ढाक्ने टालोको जोहो गर्न मुगलान गएको हुँदा गाउँघरमा स-साना केटाकेटी र वृद्धहरु मात्र भेटिन्छन् । उनीहरूलाई चुनाव प्रति धेरै चासो छैन । हुन पनि कसरी चासो गर्नु ? किन चासो गर्नु ? जनताको जिबनमा कुनै परिवर्तन नहुने चुनावको के अर्थ ? यी एक थरी प्रश्नहरु छन् । अर्काेतिर चुनावमा स्वच्छ प्रतिस्पर्धा किन हुँदैन ? मनि र मसल भएकाले मात्र बिजय भिजनदार, इमानदारले पराजय किन? एक अर्कोमा कट्टर बिरोधि रातारात चुनावी अप्राकृतिक गठबन्धन किन हुन्छ ? कांग्रेसको उम्मेदवारलाई कम्युनिस्टहरुले भोट दिएर कम्युनिस्टले भनेको समाजवाद र कम्युनिस्टको उम्मेदवारलाई कांग्रेसले भोट दिएर कांग्रेसको व्यवस्था सुदृढ हुन्छ त? यस्ता थुप्रै यक्ष प्रश्नहरु छन् ।

संसदमा कुनै दलको मात्र बहुमत नपुगेपछी गठबन्धनको हिंसा बन्नु पर्ने संबैधानिक बाध्यता छ । त्यहीँ बाध्यता स्थानीय तहमा छैन । तर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ), नेकपा (एकीकृत समाजवादी ), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर बनेको बाम-लोकतान्त्रिक गठबन्धनले केन्द्रबाट अनिवार्य गठबन्धन गर्न भनी आआफ्नो तल्लो तहमा सर्कुलर गरिरहेका छन् । प्रतिगमन विरुद्ध लड्नको लागी गठबन्धन गर्नुपरेको उनीहरु बताइरहदा सर्वसाधारण देखी राजनैतिक विश्लेषक कसैले पत्याउन सकेका छैनन् । डा सुरेन्द्र केसी भन्छन् “यी वाम लोकतान्त्रिक गठबन्धनका नेतृत्वहरु सबैभन्दा बढी प्रतिगमनकारी हुन,तर के पि ओलि त स्वइच्छाचारी मात्र हुन । “आफ्नै नेतृत्वको सरकार हुँदा आफ्नै पार्टीका असन्तुष्टि नेताहलाई सन्तुष्ट बनाउन नसक्नु केपीको कमजोरी हो। केसी कै अनुसार नेकपाको सरकार ढाल्न प्रचण्ड – माधवको भुमिका होस् वा विगतमा कांग्रेसको सरकार ढाल्न शेरबहादुर देउवा को भुमिका होस् । ती कुराहरूले प्रतिगमनकारी भएको स्पष्ट हुन्छ ।

एमसिसी विरुद्धको संघर्षमा जनता र आफ्नै कार्यकर्ताको बानेश्वरको सडकमा रगत बगिरहदा त्यसलाई कुल्चिदै २०७८ फागुन १५ गते अमेरिकी सैन्य गठबन्धनसंग जोडिएको राष्ट्रघाती एमसिसी पास गर्नु अग्रगमन हुन् सक्दैन । नेपाललाई इराक, इरान, अफगानिस्तान, युक्रेन जस्तै बनाउनु प्रतिगमन नै हो। त्यस्तै गरी वामलोकतान्त्रिक गठबन्धनसंग भिडन्त गर्नेको लागी नेकपा (एमाले )पार्टीले मसान घाट लगेको लासलाई घर ल्याउन खोजे जस्तै गरी राजा ल्याउने एजेन्डा बोकेको राप्रपा र चरम कृरीस्चयन भनेर चिनिएको परिवारदल पार्टीसं गठबन्धन गरेका छन् । यो देश र जनताको पक्षमा कुनै पनी हालतमा हुन सक्दैन ।

यी गठबन्धन प्राकृतिक होइनन् र वर्ग दुश्मन र साम्राज्यवाद संग लड्न बनेका पनि होइनन् । निच र तुच्छ स्वार्थका लागी बनेका गठबन्धन हुन कुनै बेला पानीको फोका जस्तै फुटेर जान्छ ।लोकतन्त्रको हिमायती ठानेहरुले जनता जोडिएको स्थानीय चुनावमा एक एक प्रतिस्पर्धा गराएर जनता सामु परिक्षा दिनबाट बन्दी बनाएर गठबन्धनबाट परिक्षा दीने कस्तो लोकतान्त्रिक संस्कृति हो।गठबन्धन बाट बनेको उम्मेदवारले आफ्नो बिचार, दृस्ठिकोण, निति, भिजन र योजना अनुसार काम गर्न स्वतन्त्र हुँदैन । जसले गर्दा कार्यकर्ताको नेतृत्व बिकास गर्ने ढोकाहरु बन्द हुन्छ । भने अर्कोतिर स्थानीय जनता शान्ति सुरक्षा, विकास, समृद्धि र परिवर्तनबाट अलग्गै बस्नु पर्ने गठबन्धनको साझा उम्मेदवार भएकै कारण हुन्छ ।

अब ,राजनैतिक पार्टीहरुले उम्मेदवार छान्ने बिधि कुन हो? भन्ने बिषयमा चर्चा गरौँ । २०१४ सालमा पार्टीबाट संसद पठाउने बिषयमा छलफल गर्दा सबैको मत गिरिजाप्रसाद कोइरालालाई पठाउने थियो तर बिपिले गिरिजाप्रसादलाई नबनाएर रु ५०,०००/ चन्दा लीदा संसद बनाई दिने सर्त अनुसार पार्टी सदस्य नभएका ब्रहमशमशेर जबरालाई संसद बनाए । केही समय अगाडी गगन थापाले “संसद खरिद/बिक्री गर्ने पसल छ” भनेका थिए । अघिल्लो स्थानीय चुनावमा एमाले माथिल्लो तहका नेता र स्थानीय नेताबीच टिकटको मोलमोलाइ भएको अडियो बाहिरीएको थियो । यस्ता उदाहरणबाट निश्चित हुन्छ कि संसदीय दलको चुनावमा उम्मेदवार छान्ने पहिलो आधार आर्थिक हो।

जसले गर्दा एकातिर विचार, दृष्टिकोण, भिजन र जनता संगै बस्ने जनताकै प्यारो ब्यक्ति पार्टीको उम्मेदवारको रिङबाट बाहिरीनु पर्छ, किनकि पैसा कमाउने समय, क्षमता, योग्यता र अलिअलि भएको पुर्ख्यौली सम्पत्ति समेत समाजलाई नै योगदान गरिसके हुन्छ । टिकट र भोट खरिद गर्ने सक्दैन । अनि अर्कोतिर टिकट र भोट खरिद बिक्री गर्ने दलाल व्यापारीको हातमा सत्ता गए लगतै पहिलो योजना चुनावी खर्च असुली गर्ने ? धेरै भन्दा धेरै लुटेर अर्को पल्ट अझ ठुलो सत्ता कसरी हासिल गर्ने योजना बन्छ ? उसले कार्यकाल भरि नै त्यही योजना अनुसार काम गर्छ । यसरी उम्मेदवार एजेन्डामा आधारित नभएर आर्थिकमा आधारित हुँदा जनताले रोजेको खोजेको उम्मेदवार नपाउने जो छ । यसलाई परिवर्तन गर्न सक्नुपर्छ ।

उम्मेदवार छान्ने दोस्रो आधार नातावाद हो । संसदीय पार्टीका नेताहरूले युद्ध, बिद्रोह, संघर्ष र लडाइँको बेला गरीब, किसान, मजदुर र जनताका छोराछोरी सबैभन्दा अगाडी लिन्छन् । अवसरका बेला सबैभन्दा पछाडि फाल्ने गर्छन् । चुनावमा पनि ठुला नेताका छोरा छोरी, बुहारी, ज्वाईं दाजुभाइ, यसरी सबैभन्दा नजीकको नाताबाट सुरु हुन्छ र कोहि नभए पछि मात्र आफ्नो गुटको कार्यकर्ताको पालो आउछ । यो स्थानीय निर्वाचनमा पनि नेताका नातावाद नै अत्यधिक सक्रिय हुँदा जिबन भर पार्टीमा काम गरेका प्रभावशाली नेताहरूको रुदैरुदै पार्टी छोड्ने तातीले स्पष्ट देखाएको छ । नेताका नाता पर्ने हरुले बाहेक अरुलाई टिकट पाउन कठिन छ।

अर्को बिषय पहिले दिएको मतले के गर्‍यो ? अहिले फेरि मत किन दिने ? कसलाई मत दिने? मतदाताले गहिरो समिक्षा गर्न आवश्यक छ । चुनावका घोषणापत्र अनुसार काम गरेकी गरेनन् मुल्यांकन गर्नुपर्छ । बाटो चिल्लो र फराकिलो होइन, आफ्नै घरको तला थपे महादलालमा परिणत भए । शिक्षा र स्वास्थ्यमा गुणस्तर बढाउने होइन आफ्ना मान्छे भर्ती गरे अनी पराइकालाई मुगलान पठाए । राज्यले दिएको अनुदान, राहत गुमनाम बनाए । जंगलका रुख, जनावर अनी खोलाका गिट्टी बालुवा स्वाहा बनाए । त्यति मात्र होइन कसैकसैका त छोरी बुहारी समेत भगाए। पहिले दिएको मतले यस्तै यस्तै काम गर्‍यो । किनकि त्यस्तै व्यक्तिको हातमा सत्ता सुम्पेको थियौं ।

बैज्ञानिक अल्वर्ट आईस्टायनले” पटकपटक उहीँ गल्ती दोहोर्‍याएर फरक परिणामको अपेक्षा गर्नु पागलपन हो।” भने जस्तै उहीँ प्रक्रियाबाट उहीँ चरीत्र र प्रवृत्ति भएका व्यक्तिलाई मत दिएर फरक परिणामको आशा गर्नु त पागलपन नै हुन्छ । फरक परिणामको आशा गर्ने हो भने फरक ब्यक्ति छान्नु पर्छ । पार्टीगत रूपमा उम्मेदवारी दिएका उम्मेदवार ठिक लागेन भने आफै मध्येबाट स्वतन्त्र उम्मेदवारी दिएर भए पनि जिताउन सक्नु पर्छ । मिलेर बसेको सममाजलाई पार्टी, बिचार, सिद्धान्त, जाति, क्षेत्र र धर्मका आधारमा विखण्डन गरी भोट माग्नेलाई गतिलो चोट दिनुपर्छ । अन्त्यमा, नेपालका शहर जस्तै ह’त्या हिं’सा, गरिबी, भ्रष्टाचार, बेरोजगारी, लागू औषध कारोबारी, असमानता र सहरी अव्यवस्थाको प्रर्याय बनेको कोलमब्याली शहर मेडेलीन मेयरहरुको सफल नेतृत्वले गर्दा संसारकै उत्कृष्ट शहर मध्ये परेको छ । त्यसैगरी नेपालमा सफल नेतृत्व पाएपछि कयौं मेडेलीन शहर बनाउन सकिन्छ । नेपालका जस्तै ढुंगा नै ढुंगाको पहाडले बनेको समाज चीनिया सफल नेतृत्वको कारण सुनैसुनले ढाकेको पहाडले बनेको समाज निर्माण गरे त्यस्तै गरी सफल नेतृत्व पाउने हो भने नेपालका पहाडी समाज पनि सुनैसुनको समाज बनाउन सकिन्छ । सफल नेतृत्व हुनको लागी चुनावमा नै उम्मेदवार त्यस्तै किसिमको हुनुपर्छ । जसको लागी राजनैतिक दलको उम्मेदवार छान्ने बिधि ठिक हुनुपर्छ । वर्तमान दलाल संसदीय व्यवस्थामा राजनैतिक दल पुर्णरूपमा ठिक हुन सम्भब छैन । यो बैज्ञानिक समाजवादमा मात्र पुर्णरूपमा सम्भब छ ।

लेखक नेकपा रोल्पाका पुर्व जिल्ला सेक्रेटरी  हुनुहुन्छ ।

१५ बैशाख २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको