रोल्पा ध्वंस मात्रै होइन, निर्माणको परिचय पनि हो – प्रचण्ड [फोटो दृश्यहरु]


चैत्र १४, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा ध्वंस मात्र नभई निर्माणको परिचय पनि दिरहेको बताए । रोल्पाको सातदोबाटोमा निर्माण भएको ‘जनयुद्द स्मृति भ्युटावर’ उद्घाटन गर्न सोमबार हेलिकप्टर मार्फत रोल्पा पुगेका दाहालले अब रोल्पा निर्माणको बाटोमा अघि बढेको बताएका हुन ।

झन्डै ७ बर्ष पछी रोल्पा पुगेका सुप्रिम कमान्डर प्रचण्डले जनयुद्द बेला र शान्तिकाल समेत आफुलाई अफ्ठ्यारो पर्दा रोल्पा आउने गरेको स्मरण गरे ।

रोल्पा लिवाङको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले, एमाले अध्यक्ष केपी शर्मा ओली खलनायक भएको जिकिर गरे । ओलीलाई नायक बनाउन प्रयास गर्दापनि खलनायक निक्लिएको उनको भनाई थियो । उनले भने, ‘जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिन्थ्यो कि भनियो, जसलाई नायक बनाउन सकिन्थ्यो कि भनियो, उनै खलनायक भएर निक्लिए ।’

ओलीले निरंकुश तरिकाले संबिधान उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाए । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर निरंकुश तरिकाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक, समावेशी व्यवस्था उल्ट्याउने षडयन्त्र ओलीले गरेको दाहालले बताए ।

 

अहिलेको गठबन्धनलाई भत्काउन देशी-बिदेशी शक्तिहरुको षड्यन्त्र भैरहेको प्रचण्डले दाबी गरे । सत्तारुढ गठबन्धनलाई अझै बलियो बनाउन र आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन प्रयत्न भइरहेको उनले बताए ।

प्रचण्डसंग पत्रकारहरु

भ्युटावर उदघाटनगर्न रोल्पा पुगेका प्रचण्डसंग रोल्पाली पत्रकारहरु भेटघाट गरेका छन । हेलिकप्टरबाट ओर्लिए लगतै पुर्बसभामुख कृष्ण बहादुर महराको घरमा खानाखान पुगेका प्रचण्डसंग प्रेस सेन्टर नेपाल रोल्पाले पत्रकारहरुलाई भेटघाटको अबसर जुराई दिएको थियो ।

पत्रकार भेटघाटमा दाहालले भने, ‘आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं । आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं ।’

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा पुगे लगतै दाहालले सिता महरा स्मृति पार्क अबलोकन गरेका थिए ।

जनयुद्द स्मृति भ्युटावरको उद्घाटन

पुष्पकमल दाहाल प्रचण्डले रोल्पा नगरपालिका ३ सातदोबाटोको करिब ६ करोडमा निर्माण भएको जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन गरेका थिए । १० तला रहेको उक्त भ्युटावर १ सय १२ फिट अग्लो रहेको छ ।

टावरको प्रवेशद्वारको बायाँतिर जनयुद्दको पहिलो पोष्टरमा भएको छापामारको स्ट्याचु (मुर्ति) राखिएको छ भने, टावरको अगाडी बायाँतिर राज्य पक्ष र बिद्रोही पक्षद्वारा मारिएका रोल्पाका सम्पूर्ण शहिदहरुको नामावली सहितको स्तम्भ निर्माणाधीन अबस्थामा रहेको छ ।

जनयुद्द स्मृति ‘भ्यु’ टावर 

टावरको सातौ तलामा बैठक कक्ष रहेको छ भने, बैठक कक्ष संगै किचेनको ब्यबस्था पनि रहेको छ ।

निर्माण कार्यमा रोल्पाको एक उदाहरणको रुपमा भ्युटावर रहेको बताउदै, ‘यो टावरले युद्धमा ज्यान गुमाएका योद्धाको स्मरण गर्न सिकाएको प्रचण्डले बताए । आफूले नेतृत्व गरेको जनयुद्ध रोल्पाबाट सुरु गरेको र ठूलो राजनीतिक परिवर्तन गरेको प्रचण्डले दाबी गरे ।

‘भ्यु’टावरले आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने र दीर्घकालीन आयस्रोतमा टेवा पुर्याउने देखिन्छ ।

जनयुद्द स्मृति ‘भ्यु’ टावर

माओबादीमा प्रवेश गर्नेको लहर 

चुनाव नजिकिदै गर्दा पार्टी प्रवेशको लहर बढेको छ । प्रचण्डले सम्बोधन गरेको रोल्पा लिवाङको बृहत जनसभामा पनि एमाले र कांग्रेस परित्यागगरि पार्टी प्रवेश गर्नेहरुको लर्को लागेको थियो ।

गंगादेव गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, लुंग्री गाउँपालिका र रुन्टिगढी गाउँपालिकाबाट करिव ८० भन्दा धेरैले माओबादी केन्द्रमा प्रवेश गरेका थिए ।

सुनिलस्मृति गाउँपालिकाबाट सबैभन्दा धेरै ६३ जनाले प्रवेश गरेका थिए । प्रवेश गर्नेहरु एमाले र कांग्रेसका पार्टी सदस्यहरु रहेका थिए ।

फोटोहरु:

 

 

१४ चैत्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको