माडीचौर मेलाको रौनक [फोटो फिचरहरु]


फागुन १६, रोल्पा । रोल्पाको माडीचौरमा माघी मेला आजबाट सुरु भएको छ । यसअघि कोभिड-१९ को कारण माघ महिनामा लाग्ने मेला यो बर्ष फागुनमा सरेको हो ।

रम्बा बेसी युवा क्लव रोल्पा नगरपालिका-७ को आयोजनामा ५ दिनसम्म अर्थात फागुन २१ गतेसम्म मेला लाग्ने छ । क्लवले विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताको आयोजना गरेको छ ।

खेलकुदमा खुला पुरुष फुटबल, खुला पुरुष भलिबल, खुला महिला भलिबल, खुला पुरुष डबल ब्याडमिन्टन, सामुहिक नृत्य, खुला लोक दोहोरी, साईला बरै गित, महिला रस्साकस्सी र एकल नृत्य प्रतियोगिताहरु रहेका छन ।

खुला पुरुष फुटबल बिजेतालाई पुरुस्कार ५० हजार रहेको छ भने खुला पुरुष भलिबल पुरुस्कार ४० हजार रहेको छ । फुटबलका लागि १० वटा टोली, खुला पुरुष भलिबलमा १० वटा टोली र महिला खुला भलिबलमा ६ वटा टोली सहभागी रहेको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभासद दिपेन्द्र कुमार पुन ‘सिजल’ रहेका थिए भने विशिष्ट अतिथिहरु नगरपालिका उपप्रमुख मनकुमारी घर्ती, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुरेन्द्र थापा घर्ती, प्राकृतिक स्रोत ब्यबस्थापन कलेजका प्रमुख सुमन ढकाल लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमको सभापति क्लबका अध्यक्ष कृष्णराज घर्ती रहेका थिए भने कार्यक्रमको संचालक क्लबका सल्लाहकार सोम बहादुर घर्ति मगर रहेका थिए । कार्यक्रममा उपस्थित सबैलाई क्लबका सहसचिव मनोज घर्ति मगरले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए ।

मेलाको उद्घाटनमा विभिन्न झाँकीहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

हेर्नुहोस मेलाका दृश्यहरु:

 

१६ फाल्गुन २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको