चैत १३, दाङ । किसान संगको संझौता बिपरित हाते ट्याक्टरमा छुट्टै कम्पनीको लोगो राखेर किसानलाई ठगी गर्न खोजेको अभियोगमा एक जना व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं.– ३ बडाढुंगा निवासी गंगाराम खत्री रहेका छन् । खत्री रोल्पा लिवाङमा रहेको जलजला सिडका संचालक समेत हुन् ।
सल्यानका कृषक समुहसंग खत्रीले कृषि किङ र किसानको हाते ट्याक्टर उपलब्ध गराउने संझौता गरेका थिए । तर, उनले त्यस बिरपरित ठगी गर्ने उदेश्यका साथ सस्तो मूल्य पर्ने नयाँ किसान र हाईजिन एग्रोको ट्याक्टर खरिद गरि ल्याएका थिए । जस्मा उनले झुक्याउन कृषक समुह संगको संझौता अनुसार कृषि किङ र किसानको लोगो भने राखेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना इकाई जोनले अनुदानमा उपलब्ध गराउने हाते ट्रयाक्टर खरिदको लागि खत्रीको जलजला सीड कृषि फर्मले सम्झौंता गरेको थियो ।
कृषि किङ र किसान कम्पनीको हाते ट्याक्टर एउटालाई ७२ हजार मूल्यमा उपलब्ध गराउने सहमति भएको थियो । जसमध्य ३६ हजार किसानको र ५० प्रतिसत प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना इकाई जोनले अनुदानमा उपलब्ध गराउने सम्झौंता थियो ।
त्यो संझौता अनुसार सल्यान जिल्लामा रहेका कृषक समुहले रोल्पा जिल्लाका खत्रीको जलजला सीड कृषि फर्मले ट्याक्टर खरिद गरि उपलब्ध गराउने जिम्मा पाएको थियो । खत्रीको कृषि फर्मले बदमासी पूर्वक कृषि किङ र किसानको हाते ट्याक्टर उपलब्ध गराउनु पर्नेमा अर्कै कम्पनी नयाँ किसान र हाईजिन एग्रोको ट्याक्टर (जस्को बजार मूल्य ५६ हजारसम्म पर्छ) मा कृषि किङ र किसानको लोगो राखेर ठगी गर्न खोजेपछि खत्री पक्राउ परेका हुन ।
जसबारे स्थानीय कृषक समुहबाट प्राप्त सूचना प्रहरीलाई दिएका थिए । त्यस्तै कृषि किङ र किसानको आधिकारीक बिक्रेता डिबी इन्टरनेशनल प्रालि भरतपुर चितवनबाट समेत आफ्नो लोगोको अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा लिखित जाहेरी दर्ता गराएको थियो ।
त्यसैका आधारमा चैत १० गते बिहान १० बजेतिर सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ कपुरकोट बजारबाट हाते ट्याक्टर लोड गरिएको प्रदेश ३–०–१–००६ ख ४५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
नियन्त्रण पछि चेक जाँचका क्रममा कृषि किङ ब्राण्डको हाते ट्रयाक्टरमा डिजाइन बाइ इण्डिया लेखिएका आइटम १७२ डिजल हाते ट्याक्टर ६२ थान, आइटम १७३ का हाते ट्याक्टर ३ थान, कम्बाइन मिल १ थान, ब्रस कटर ७ थान, ६० बोत्तल मोबिल, गियर आइल ७५ बोत्तल, सिंगल इन्डक्सन मोटर १ थान र ब्रस बिलेड २ थान बरामद गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
जिल्ला अदालतबाट खत्रीलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको डिएसपी खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस