प्रजातन्त्रवादी प्राध्यापक संघ सानोठिमीको सभापतिमा बोहरा निर्वाचित


चैत १३, भक्तपुर । प्रजातन्त्रवादी प्राध्यापक संघ सानोठिमी क्याम्पस, सानोठिमी इकाईको पाँचौ अधिवेशन बाट प्रदिप कुमार बोहराको सभापतित्वमा ५ सदस्यीय नयाँ समिति चयन भएको छ ।

आईतबार सम्पन्न पाँचौ अधिवेशनबाट बोहरा सभापतिमा निर्वाचित भएका हुन। अन्य पदाधिकारी तथा सदस्यमा सहमति भएपनि सभापतिमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । उनि सँग सम्झना बस्नेतले प्रतिस्पर्धा गरेकी थिइनँ ।

यसैगरी संघको ईकाई उपाध्यक्षमा डा. प्रतिमा ताम्राकार, सचिवमा डा. प्रिती कुमारी मण्डल,कोषाध्यक्षमा सुशील पोखरेल चयन भएका छन् । रेखा राउत सदस्यमा चयन भएकी छन् । २ जना सदस्या पछि मनोनित हुनेछन ।

बोहरा २०४७ सालमा जनकल्याण माध्यमिक विद्यालय थारमारे, सल्यानको विद्यालय इकाईको पहिलो कोषाध्यक्ष, २०५१-५२मा महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियु सदस्य, २०५६-५७ मा रत्नराज्य राज्य क्याम्पसको इकाई सचिव, प्र. प्रा. संघ सानोठिमी क्याम्पसको सचिव हुदै प्र. प्रा. संघ सानोठिमी क्याम्पसको सभापति भएका हुन ।

१३ चैत्र २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको