रोल्पामा जीप दुर्घटना हुँदा ३ को मृत्यु,१२ जना घाइते


असोज ९, रोल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिका-४ सुलिचौरको सेवा केन्द्र नजिकै जीप दुर्घटना भएको छ।                                                                 सुनिलस्मृती गाउँपालिका सुलिचौरबाट गजुलका लागि छुटेको जीप दुर्घटना भएको हो।दुर्घटनामा परी ३ जनाको घटना स्थलमै मृत्यु भएको भएको प्रहरीले जानकारी दिएको छ।जीपमा सामान राख्ने क्रममा ब्याक हुँदा दुर्घटना भएको जनाइएको छ।गाडीमा १५ जना सवार रहेको प्रहरीको भनाइ रहेकोे छ।लु १ ज ३२३४ नम्बरको जीप पल्टिँदा ११ जना घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भीर रहेको समेत बताइएको छ।घाइतेहरुलाई प्राथमिक उपचार पछी थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जानकारी दिए।जीप सडकबाट करिब १ सय मिटर तल खसेको हो।दुर्घटनामा परी मृत्यु हुनेमा घोराही उपमहानगरपालिका बस्ने बर्ष ५८ का विष्णुप्रसाद रिजाल,सोही ठाउँ निवासी बर्ष ६० का नारायण प्रसाद रिजाल र दाङकै बर्ष ५० की फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।                                                                                                                     घाइते हुनेमा रोल्पाको सुनिलस्मृती गाउँपालिका-२ खुङ्ग्री बस्ने बर्ष ५४ कि चन्द्रचमन सिंह,सोही ठाउँका बर्ष ३८ कि दिपा ठकुरी,बर्ष १४ कि नितु सिंह,बर्ष ३१ कि निलम सिंह,बर्ष १० कि आस्था थापा र बर्ष ७ कि स्वस्तिका थापा लगाएतलाई टाउको शरीरको विभिन्न भागमा चोट र हात खुट्टामा चोट लागेको छ।साथै मध्यम घाइते हुनेमा सुनिलस्मृती गाउँपालिका-३ मिझिङ बस्ने बर्ष २४ कि मेनुका विष्ट,बर्ष ४२ कि कुशुमा विष्ट,दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका १५ डुडुवा बस्ने बर्ष ४० कि ईश्वरी थापा,सोही ठाउँ बस्ने बर्ष ४५ कि भगवती रिजाल,घोराही उपमहानगरपालिका-६ बस्ने बर्ष ५० कि निर्मला शर्माको हात,खुट्टा तथा शरीरको विभिन्न भागमा चोट र हात,खुट्टा तथा टाउकोमा चोट छ भने सुनिलस्मृती गाउँपालिका-३ मिझिङ बस्ने बर्ष ४८ का जित बहादुर विष्ट(चालक) सामान्य घाइते रहेका छन्।त्यस्तै गरि गम्भीर घाइतेमा चन्द्रचमन सिंह,निर्मला शर्मा,निलम सिंह,नितु सिंह,आस्था थापा,स्वस्तिका थापा र भगवती रिजाल लाई सामान्य उपचार पछी थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले रोल्पाले जानकारी दिएको छ।

९ कार्तिक २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको