रुन्टीगढीमा प्रमुख तीन दलद्वारा उम्मेदवारी दर्ता, कुन पार्टीबाट कसले गरे ?


बैशाख १३, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा प्रमुख तीन दलले पालिकादेखि वडासम्मका उम्मेदवार दर्ता गरेका छन् ।

आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय निर्बाचनका लागि सोमबार सत्ता गठबन्धका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्ष नेकपा एमालेले उम्मेदवार दर्ता गरेका हुन् ।

रुन्टीगढी गाउँपालिकाको अध्यक्ष पदका लागि सत्ता गठबन्धनका नेपाली कांग्रेसबाट जनक पुन, उपाध्यक्षमा सरिता केसी, नेकपा (माओवादी केन्द्र)बाट गोबिन्द ’पुन’ नजर, उमाध्यक्षमा कौशिलाकुमारी जिसी र नेकपा एमालेबाट यामबहादुर दशौंदी, उपाध्यक्षमा हस्तमाली बाठामगरले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै पालिकाको १ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट ठमबहादुर घर्ती, नेकपा (माओवादी केन्द्र)बाट मिनबहादुर थापा, नेकपा एमालेबाट हेमराज विक , २ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट बेदबहादुर बिष्ट, नेकपा (माओवादी केन्द्र)बाट भ्यूलाल पुन, नेकपा एमालेबाट ओमबहादुर पुन, ३ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट पूर्णबहादुर घर्ती, नेकपा (माओवादी केन्द्र)बाट ओमप्रकाश पुन, नेकपा एमालेबाट गणेश गरी, ४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट टंक पुन, नेकपा (माओवादी केन्द्र)बाट शिवलाल रोका, नेकपा एमालेबाट बेगम पुन, ५ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट हिरा रावत, नेकपा (माओवादी केन्द्र)बाट निराजन घर्ती, नेकपा एमालेबाट, गोबिन्दबहादुर डाँगी उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी ६ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट नारायण लामिछाने, नेकपा (माओवादी केन्द्र)बाट खिमबहादुर घर्ती, नेकपा एमालेबाट घनबहादुर घर्ती, ७ नम्बर वडाको अध्यक्षमा नेकाबाट डिलमन बुढाथोकी, नेकपा (माओवादी केन्द्र)बाट पुन, नेकपा एमालेबाट प्रेमबहादुर बस्नेत, ८ नम्बर वडाको अध्यक्षमा नेकाबाट खिमबहादुर रोका, नेकपा (माओवादी केन्द्र)बाट तुलसी पुन, नेकपा एमालेबाट दलबहादुर रोका, ९नम्बर वडाको अध्यक्षमा नेकाबाट चेतलाल खत्री, नेकपा (माओवादी केन्द्र)बाट बेदबहादुर बुढा र नेकपा एमालेबाट पूर्णबहादुर कवरले उम्मेदवारी दर्ता गरेका हुन् ।

१३ बैशाख २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको