कांग्रेसबाट राेल्पा नगरपालिकाकाे मेयरमा थापा र उपमेयरमा श्रेष्ठकाे उमेद्वारी दर्ता


बैशाख १३, रोल्पा । नेपाली कांग्रेसले राेल्पा नगरपालिकाकाे मेयर तथा उपमेयरमा उमेद्वारी दर्ता गराएको छ ।

कांग्रेसबाट मेयरमा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेस रोल्पाका सचिव शेर बहादुर थापा र उप-मेयरमा नेपाल महिला संघ रोल्पाकी अध्यक्ष तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य पुष्पा श्रेष्ठले उमेद्वारी दर्ता गराएका छन् ।

कांग्रेसले रोल्पा नगरपालिकामा मेयर उपमेयरसहित १० वटै वडाको वडा अध्यक्ष र सदस्यहरुको उमेद्वारी दर्ता गरेको छ ।

१३ बैशाख २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको