२० महिनामा जेलमुक्त सङ्गमलाई महासचिव विप्लवको स्वागत


फागुन १३, काठमाडौँ । नेकपाका महासचिव विप्लवले २० महिनासम्म झूट्टा मुद्दा लगाएर जेलमा राखिएका नेकपाका तत्कालीन रूपन्देही जिल्ला इन्चार्ज टेकबहादुर पुन ‘सङ्गम’ लाई स्वागत गरेका छन् ।

पार्टीको केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा आज बिहान महासचिव विप्लवले सङ्गमलाई स्वागत गरेका हुन् । महासचिवले सङ्गमलाई स्वागत गर्दा केन्द्रीय कार्यालयको पूरै टिम सहभागी रहेको र जेल मोर्चा जितेर क्रान्तिमा लामबद्ध भएकोमा महासचिवले बधाई तथा शुभकामना व्यक्त गरेको जनाइएको छ ।

नेकपाका युवा नेता सङ्गमलाई सरकारले कर्तव्य ज्यानलगायत कयौँ झूट्टा मुद्दा लगाएर केन्द्रीय कारागार काठमाडौँमा राखेको थियो । उनी जिल्ला अदालत कपिलवस्तुको आदेशमा बिहीबार रिहा भएका हुन् ।

काठमाडौँमा बिहीबार रिहा भएपछि उनलाई बुद्धनगरमा रहेको नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा नेकपाका केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेकपाका केन्द्रीय सदस्यहरू बन्धु चन्द, प्रज्वलन, आस्था, खुमा सुवेदी, चुडामणि ओली ‘आदर्श’, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, युवा सङ्गठन नेपालका अध्यक्ष पाटन जङ्गली, युवा सङ्गठनकी महासचिव विदुषीका साथै कर्यालय टिमले स्वागत गरेको थियो ।

१३ फाल्गुन २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको