बुटवलका मृगौला पिडित पूर्ण ब.लाई मगर संसारको आर्थिक सहयोग


रूपनदेही जिल्ला बुटवल १३ बेलबास निवासी आर्थिक अवस्था कमजोर उपचार गर्न आर्थिक अभाबले समस्या परेका ६३ बर्षीय दुबै मृगौला पिडित पूर्ण ब.श्रीस मगरलाई मगर मगर संसार फोटो ग्यालरी द्वारा हस्तांतरण गरेको छ ।

भेषभूषा ,भाषा,लिपि,धर्म ,संस्कार, संस्कृति लाई संरक्षण गरौ बिस्व भरिका मगर लाई एकजुट गरौ भन्ने उद्देश्यले स्थापित यस मगर संसार ग्रुप पेजले आज सम्म यो सहयोग सहित १२९ औ बिरामी सहयोग हस्तांतरण गरेको अध्यक्ष अनिल लामिछाने मगर ले हामीलाई जानकारी दिनु भएको छ।

सहयोग रकम मगर संसारका एडमिनहरु अस्मि थापा मगर र रिसि केश आलेमगर द्वारा पिडितको घर पुगी प्रदान गरेको र उक्त सहयोग रकम मगर संसारद्वारा आयोजित देउसी भइलो online प्रतियोगिता २०७९ मा पुरस्कार सौजन्य बाट बचेको मृगौला पिडितलाई हस्तांतरण गरेको हो।

मगर संसार एडमिन परिवार

८ मंसिर २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको