भायानेट मिनी प्याक अब भायाटिभीको साथ


फागुन १२, काठमाडौँ । भायानेटले भायाटिभीसहित मिनीप्याकको नयाँ अफर सुरू गरेको छ। अब ग्राहकहरूले रू ८००मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन्।

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षितगरी भायनेटले यो मिनीप्याक उपलब्ध गराएको जनाइएको छ। यस अफरमार्फत ग्राहकहरूले उच्च गतिको इन्टरनेटको साथ साथै मनोरञ्जनात्मक च्यानलहरू, दुवैको मज्जा लिन सक्नेछन्।

भायाटिभीद्वारा ग्राहकहरुले १७५ं च्यानलहरू, चलचित्र र टेलिश्रृंखलाहरू हेर्न सक्नेछन्।

यसअघि भायनेटले मिनीप्याकमा ७५ एमबीपीएस हाईस्पीड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र४८जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो।ग्राहकले अझै पनि रु ८०० प्रतिमहिनामा यो अफरको लाभ लिन सक्नेछन्।

यसबाहेक भायाटिभीको सेट उपबक्समा ‘पजएन्डप्ले’ को सुविधा रहेको छ। जसमार्फत प्रयोगकर्ताहरूले लाइभटिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्नेछन्।

मिनीप्याकका सब्स्क्राइबर हरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणमा पनि प्राप्त गर्न सक्छन्। प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोरमार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभीको सुविधाहरू लिन सक्नेछ्न्।

उच्च गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्राफाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराईरहेको छ।

अल्ट्रा फाई प्याकको मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभीहरू पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू१२५० प्रतिमहिना रहेको छ।

मिनीप्याक मार्फत भायनेटले सामान्य उपभोक्ताहरू मात्र नभई उच्चगतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको जनाएको छ।

१२ फाल्गुन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको