नेकपा र जनमोर्चाद्वारा रोल्पामा एमसीसी बिरुद्द जिल्ला प्रसासन कार्यालय घेराउ [फोटोहरु]


फागुन १२, रोल्पा । एमसीसी बिरुद्द नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा नेपालद्वारा रोल्पामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ । बिहिबार भएको प्रदर्शन कार्यक्रममा एमसीसी बिरुद्द नाराजुलुस सहित घेराउ गरिएको हो ।

जिल्ला प्रशासन कार्यलय घेराउ लगतै लिबाङको टुडिखेलमा कोणसभा भएको थियो । उक्त कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठा ‘सुबास’ले एमसीसी देशकालागी घातक भएको बताए । राष्ट्रिय स्वाधीनताका लागी देशभक्तहरु एकजुट भएर राष्ट्रिय मुक्तिको लडाई लड्ने बेला आएको उदघोष गर्दै उनले भने, अब राष्ट्र र राष्ट्रियताको लागी एक भएर राष्ट्रिय स्वाधीनताको लडाईमा आउनुहोस, बिदेशी हस्तक्षेपबाट देश जोगाउ’।

त्यसैगरी सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेपाल लुम्बिनी प्रदेश समिति सल्लाहकार हस्तमणि पुन मगरले हिन्द महासागर र प्रशान्त महासागरद्वारा घेरिएका देशहरुलाई इन्डोप्यासिफिक रणनीति अन्तर्गत हस्तक्षेप गर्ने र चाइनाको शक्तिसंग लड्ने एमसीसीको सैन्य रणनीति भएको दाबि गरे । एमसीसी देश बिकाशका लागि नभएर राष्ट्रघातका लागी आउन लागेको पुन मगरले बताए ।

कार्यक्रमलाई नेकपा रोल्पा बिशेष कमिटी सदस्य प्रयासको अध्यक्षतामा सम्पन्न भएको कोणसभालाई रोल्पा नगरपालिका इन्चार्ज तथा जिल्ला कमिटी सदस्य खिमराज पुनले स्वागत मन्तब्य दिएका थिए । सुनछहरी गाउँपालिका इन्चार्ज तथा नेकपा रोल्पा जिल्ला कमिटी सदस्य हेमन्तले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

भिडियो हेर्नुहोस :

१२ फाल्गुन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको