तुलसीपुर कारागारकी एक अबिवाहित कैदी बन्दीले जन्माइन बच्चा

फाइल तस्बीर

असार ९, दाङ । दाङको तुलसीपुर कारागारमा रहेकी एक कैदी बन्दीले आइतबार राति बच्चालाई जन्म दिएकी छन ।

विहे नभएकी बाँके जानकी गाउँपालिका वडा नं. ४ की ३६ बर्षीया ती महिलाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा छोरालाई जन्म दिएकी हुन ।

नर्मल डेलीभरी हुन नसकेपछि सर्जरी मार्फत बच्चा जन्म दिएकी उनी र बच्चा अस्पतालमै छन् । दुबैको स्वास्थ्य अवस्था सामान्ने रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

ती अबिबाहित महिला जेठ १९ गते तुलसीपुर कारागारमा ल्याइएकी थिइन । तुलसीपुर कारागारका जेलर अमर वलीले गत शुक्रबार एकाएक उनलाई गाह्रो भएपछि अस्पताल लैजाँदा उनी गर्भबती रहेको कुरा खुलेको जानकारी दिए ।

ती महिलालाई आइतबार दिउँसो फेरि समस्या भएपछि अस्पताल लगिएको र सोही दिन राति सर्जरी मार्फत छोरा जन्मिएको वलीले बताए ।

दाङको लालमटियास्थित ग्रामिण विकास लघुबित्तमा क्यासिएर पदमा कार्यरत ती महिला जेठ १९ गते उच्च अदालत तुलसीपुरले ती महिलाको बारेमा ३० लाख धरौटी माग गरेपछि तोकिएको धरौटी बुझाउन नसकेपछि पक्राउपछि तुलसीपुर कारागारमा ल्याइएकी थिइन ।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा रहेकी उनले नेपाली काँग्रेस डडेलधुरा जिल्लाका पूर्व सभापति अन्दाजी ५५ बर्षीय रघुविर भट्टको सम्पर्कबाट आफ्नो बच्चा जन्मिएको बताएकी छिन ।

भट्टसंग फेसबुक मार्फत चिनजान भएको र काठमाडौंमा गत भदौंमा भेट हुँदा शारिरीक सम्पर्क भइ गर्भ रहन गएको उनले बताउने गरेकी छिन् ।

कारागार प्रशासन भने कस्को बच्चा हो ? भन्ने बारे अनुसन्धान गर्ने निकाय आँफु नभएर प्रहरी भएको हुँदा त्यसबारे बोल्न नमिल्ने बताउँछ ।

स्रोतका अनुसार तीन दिन अगाडिसम्म भट्टले फोनमा कुरा गर्ने गरेपनि एक दिन पहिलेदेखि आफ्नो मोवाइल स्वीच अफ गरि सम्पर्क बिहिन बनेका छन् ।

९ असार २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको