मगर संसार ग्रुपको १२३ औ सहयोग पाल्पा की मृगौला पिडित सुमि सरालाई हस्तांतरण


भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट गराउ र दिन, दुखी,गरीब,अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ,भन्ने मूल नाराका साथ स्थापित यस मगर समुदायको लोकप्रिय ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर को बिशेष पहलमा संकलित सहयोग रकम मगर संसार फोटो ग्यालरी मार्फत आर्थिक अवस्था नाजुक दुबै मृगौला पिडित पाल्पा जिल्ला टिनाउ ५ चरचरे निवासी सुमि सरा रासकोटी मगरलाई रु.१६,९५१ /- रुपिया सहयोग प्रदानगरेको छ ।

सहयोग रकम ग्रुपका सक्रिय सदस्य/ संचारकर्मी/ तथा यस मगर संसारले आयोजना गरेको एकल लोक गायन प्रतियोगिताकी प्रथम बिजेता बनेकी मुना लम्तरी मगरको हात बाट हस्तांतरण गरेको थियो ।

सहयोग पठाउनु हुने मनकारी सहयोगीहरु

1) कृष्ण मान घर्ति मगर – दाङ घोराही हाल कोरिया – कोरियन 25,000 /- वन

2) प्रेम सारू मगर – देवदह खैरेनी रूपनदेही हाल कोरिया – कोरियन 25,000 वन

3) रोशन थापा मगर – लेखनाथ पोखरा हाल दुबई रु.५,०००/-

4) मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर ज्यूँ को जन्मदिनको दिन केक नकाटि केकको पैसा सहयोग कोरियन 30,000 वन

5) सूर्य घर्ति मगर – निसिखोला 1 बागलूङ हाल रोमाननिया रु.४,४५१/-

जम्मा १६ हजार ९ सय ५१ रुपैंया सहयोग हस्तान्तरण गरिएको मुख्य सहयोगी अभियन्ता अनिल लामिछाने मगरले बताउनु भएको छ ।

६ आश्विन २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको