स्थानीय सरकार बिरुद्द गंगादेवका स्वास्थ्यकर्मीहरु आन्दोलित, स्वास्थ्य शाखाहरु बन्द


असार ८, रोल्पा । रोल्पा गंगादेवको स्थानीय सरकार बिरुद्द करारमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन। स्थानीय सरकारले गंगादेव गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य इकाईमा कार्यरत करार सेवाका कर्मचारीहरुको सम्झौता अवधि नवीकरण नगरी खुल्ला बिज्ञापन मार्फत पदपूर्ति गर्ने निर्णय गरेपछि उक्त निर्णय बिरुद्द स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन।

आधारभूत स्वास्थ्य केन्द्र कुकुरगारेका अहेव तथा स्वास्थ्य इन्चार्ज राजन डिसीको संयोजकत्वमा संघर्ष समिति समेत गठन भएको छ । उक्त संघर्ष समितिले निर्णय सच्याउन भन्दै आज बुधबार प्रशासकीय अधिकृत शालिकराम बस्नेतलाई ज्ञापन पत्र बुझाएको छ ।

कार्यपालिकाको निर्णय नियम संगत नभएको र कार्यसम्पादन मूल्यांकनको आधारमा करार म्याद थप हुनेगरी निर्णय सच्याउन स्वास्थ्य कर्मीहरुले माग गरेका छन । निर्णय नसच्चिए थप संघर्षका कार्यक्रमहरु तिब्ररुपमा बढाईने चेतावनी समेत दिइएको छ । स्थानीय सरकारको यस्तो निर्णयले स्वास्थ्य कर्मीहरुको पेशा र चरित्र हत्या भएको भन्दै घोर भर्त्सना समेत गरेका छन ।

गंगादेव गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख त्रिभुवन सिङ घर्ति मगरलाई काज फिर्ता गराएको बिषयमा पनि अहेभ तिलक राज डाँगीले असन्तुष्टि पोखे । उनले भने ‘उत्कृष्ट कर्मचारी मानिएका घर्तिलाई स्वास्थ्य शाखा प्रमुखको काजबाट फिर्ता गराउनु दुखद हो ।’

स्वास्थ्य केन्द्रहरु बन्द 

सरकारको निर्णय बिरुद्द पालिकामा रहेका केहि आधारभूत स्वास्थ्य केन्द्रहरुमा ताला लगाइएको छ । वडा नम्बर ४ मा रहेको पाखापानी स्वास्थ्य चौकी बन्द गरिएको भएपनि वडाध्यक्ष कृष्ण बहादुर वली ‘बिपिन’को निर्देशनमा खोलिएको संघर्ष समितिका संयोजक राजन डिसीले पोष्टपाटीलाई बताए ।

त्यसैगरी ३ नम्बर वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्र कुकुरगारे, ५ नम्बरको लोदचौरमा रहेको आधारभूत स्वास्थ्य केन्द्र, ६ नम्बर वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य कर्मीहरुले बन्द गरेर आन्दोलित भएका छन । अन्य सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ को किलठोके र २ नम्बर वडाको गम्थलेका बर्थिंङ सेन्टरहरु पनि बन्द गरिएको स्वास्थ्यकर्मी तथा संघर्ष समितिका संयोजक राजन डिसीले बताए ।

स्थानीय सरकारले निर्णय नसच्याएसम्म स्वास्थ्य शाखाहरु बन्द गर्ने बताएका छन ।

स्वास्थ्यकर्मीहरुको ज्ञापन पत्र हेर्नुहोस:

कति थिए करार कर्मचारी ?

गंगादेव गाउँपालिका भित्र करार सेवामा कार्यरत स्वास्थ्य कर्मचारीहरु सबै ३८ जना थिए भने स्थायी तर्फ ११ जना रहेका थिए । करार कर्मचारीहरु अहेभ, अनमी, एचए र कार्यालय सहयोगीका रुपमा कार्यरत थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा अहेभमा पोष्टिङ भएकी महिमा शर्माको करार सम्झौता नवीकरण नहुने भएपछी उनीपनि आन्दोलनमा उत्रिएकी छन। शर्माले तलब प्रदेशबाटै खाईपीइ आएकि थिइन ।

कार्यपालिकाको निर्णय हेर्नुहोस:

के भन्छ स्थानीय सरकार ?

स्थानीय तहका विभिन्न निकायमा आबस्यकता भन्दा धेरै कर्मचारी भएकोले आबस्यक पर्ने कर्मचारीको मात्रै ब्यबस्थापन गर्न लागेको गंगादेव गाउँपालिकाका अध्यक्ष हरि पुनले बताए । उनले भने, खुल्ला बिज्ञापन मार्फत स्वच्छ प्रतिस्पर्धा गराई आवस्यक कर्मचारीको ब्यबस्थापन हुन्छ, क्षमता र दक्षता हुनेहरु आउछन, यसमा चिन्ता किन लिने ।’ अध्यक्षले उक्त निर्णय सुजबुजका साथ लिएको पनि बताए ।

हिजो मंगलबार बसेको गंगादेव गाउँकार्यपालिकाको बैठकद्वारा २०७९ असार मसान्तसम्म रहेको कर्मचारीहरुको करार सम्झौता पश्चात कार्यलयको काम कार्य संचालन गर्न आबस्यक पर्ने कर्मचारी खुल्ला बिज्ञापनद्वारा पदपूर्ति गर्ने निर्णय गरेको थियो।

त्यसैगरी स्वास्थ्य र शिक्षा शाखामा काजमा रहेका सम्पूर्ण कर्मचारीहरुलाई फिर्ता गराउने र साउन १ गते देखि आ-आफ्नो कार्यलयमा हाजिरी हुन निर्देशन दिएको छ ।

आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम बजेट बक्तव्य यहि असार १० गते प्रस्तुत हुने भएको छ ।

असार छ गतेको कार्यपालिकाको निर्णय हेर्नुहोस:

 

८ असार २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको