हप्तैपिच्छे मुल्यवृद्धि गर्ने सरकारी जनमारा रवैयाको नेकपाद्वारा घोर भर्त्सना


असार ८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारले हप्तैपिच्छे मुल्यवृद्धि गर्ने सरकारी जनमारा रवैयाको नेकपाद्वारा तीव्र घृणासहित घोर निन्दा एवं भर्त्सना गर्दै जनताको जनजीवनमाथि गरेको खेलवाड र जनविरोधी कार्यका विरुद्ध देशव्यापी प्रतिरोध सङ्घर्षमा उत्रन आह्वान गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्,‘आइतबार राति नेपाल सरकारले विभागीय मन्त्रालयको सचिवलाई लामो वक्तव्य दिन लगाएर पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको ‌औचित्य पुष्टि गर्ने धृष्टतासहित पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको बताउदै एकैचोटी पेट्रोलमा प्रति लिटर रु. २१, डिजेल र मट्टितेलमा रु. २७ र हवाई इन्धनमा – आन्तरिक रु. १९ मुल्यवृद्धि गरी पेट्रोलमा रु. १९९, डिजेल, मट्टितेलमा रु.१९२ र हवाई इन्धनमा रु. १८५ पुर्याएको छ यो नेपाली जनतालाई असह्य हुने र प्रतिहप्ता मुल्यवृद्धि गर्ने सरकारी जनमारा रवैयाको हाम्रो पार्टी तीब्र घृणासहित घोर निन्दा एवं भर्त्सना गर्दछ ।‘

विज्ञप्तिमा भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थ खरिद गर्दाबाट नै राज्यले शुरु गर्ने कमिशनको खेल, चुहावट, मिसावट, घिसावट र ढुवानीको नाममा गरिने भ्रष्टाचार, वायु प्रदुषण नियन्त्रण, जलविधुत परियोजनाको नाममा लादिएको कर र वृद्धि गरिएको मुल्यको योगलाई आयल निगम घाटामा भएको भन्ने जलप लगाएर नेपाली जनताको खुट्टामा बञ्चरो हान्ने अपराधमा राज्य संलग्न भएको ठोकुवा गर्दै पेट्रोलियम पदार्थमा भ्रष्टाचार, कमिशन, कालोबजारी, अनियमितता र मनपरी करलाई खारेज गर्ने हो र आपुर्तिमा सरकारले सहुलियत दिने हो भने पेट्रोलियम पदार्थको अहिलको मुल्यमा झण्डै आधा घटाउन सकिने उल्लेख गरिएको छ ।

प्रवक्ता प्रकाण्डले एक्काइशौँ शताब्दीको विश्वमा यातायात जनताको आधारभूत आवश्यकता बनिसकेको उल्लेख गर्दै सरकारलाई तत्काल मुल्यवृद्धि फिर्ता लिन आग्रह समेत गरेका छन् ।

विज्ञप्तिको पूरा पाठ

८ असार २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको