भातृ संगठनलाई पूर्णता दिन सभापति पुनको प्रधानमन्त्री देउवालाई आग्रह


असार ८, काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल पार्टीका भातृ संगठनलाई पूर्णता दिन आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा सभापति पुनले भातृ संगठनले पूर्णता नपाउदा पार्टी र संगठनका लागी काम गर्ने कर्याकर्ताहरूले स्थान नपाएको बताउदै छिटो भन्दा छिटो भातृ तथा शुभेच्छुक संस्थाहरूको पूर्णता दिन अनुरोध गरेका हुन् ।

सभापति पुनले जिल्ला र प्रदेश तहका भातृ संगठनको समिती निर्माण एवम् अधिवेशन गर्न त्यहीको पार्टी समितीलाई जिम्मा दिनु पर्ने धारणा राखेका छन् । सभापति पुनको जवाफमा प्रधानमन्त्री देउवाले संगठनको कार्यसमितिलाई पूर्णता दिन सम्बन्धित संगठनका अध्यक्षहरूलाई निर्देशन दिएको बताउदै अब छिट्टै संगठनले पूर्णता पाउने आश्वासन दिएका छन् ।

भेटघाट कार्यक्रममा स्थानीय निर्वाचनको समिक्षा तथा आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको बारेमा पनि छलफल भएको सभापति पुनको सचिवालयले जनाएको छ । भेटमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, सहमहामन्त्री खगराज पाण्डे, प्रवक्ता प्रचण्ड विक्रम न्यौपाने लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

८ असार २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको