राेल्पामा एक किशोरी सुतेकै कोठामा मृत भेटिईन


असार ८, रोल्पा । रोल्पामा एक महिला मृत फेला परेकी छिन् । मृतक महिला रुन्टीगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक भएको प्रहरीले जनाएको छ ।

रोल्पा नगरपारिका -४ लिबाङमा रहेको घरेलु तथा साना उद्योगमा गत जेठ २५ गते देखि सिपमुलक तालिम अन्तर्गत व्युटि पार्लर सम्बन्धि तालिम लिदै आएकाे र घरेलु तथा साना उद्योगको आवासमै बस्दै आएकाे उनकाे शव मङगलबार बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।

उनी सुतेकाे काेठाकाे ढाेका बिहान अबेरसम्म नखुलेपछि उनका साथिहरुले बोलाउदा नबोलेपछि ढोका खोलेर हेर्दा मृत भेटिएकी थिइन् । नजिकै सर्प भेटिएकाले सर्पले टोकेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । तर पाेष्टमार्टम रिपोर्टपछि मात्रै एकिन हुने र अहिले घटनाबारे अनुसन्धान भईरहेकाे प्रहरी निरिक्षक जिसीले बताए ।

८ असार २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको