रोल्पा गंगादेब: विप्लब नेकपामा १ सय ३२ जनाले गरे पार्टी प्रवेश


बैशाख ९, रोल्पा । स्थानीय चुनाव आउदै गर्दा रोल्पा गंगादेवमा विप्लव नेतृत्त्वको नेकपामा प्रवेश गर्नेको लहर ह्वात्तै बढेको छ । यसरि प्रवेश गर्नेहरु अहिलेसम्मको संख्यालाई हेर्दा विभिन्न राजनीतिक पार्टीहरुबाट विप्लब नेकपामा प्रवेश गर्नेहरुको संख्या  १ सय ३२ पुगेको छ ।

सबै भन्दा धेरै नेकपा माओबादी केन्द्रबाट ६५ जनाले नेकपामा प्रवेश गरेका छन् भने नेकपा एमाले परित्याग गर्नेहरु ५८ जना, कांग्रेस परित्याग गर्नेहरु ८ जना र राप्रपा  त्याग गर्नेमा १ जना रहेका छन् ।

गंगादेव गाउँपालिका २ नम्बर वडामा बुधबार र बिहिबार मात्रै माओबादी केन्द्र, एमाले र काँग्रेसबाट २८ जना विप्लब नेतृत्वको नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई नेकपा केन्द्रिय सदस्य चुडामणि वली ‘आदर्श’ लगायतले अविर लगाएर स्वागत गरेका थिए ।

बुधबार र बिहिबार पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेबाट भिम बहादुर घर्ति, हरि प्रसाद खत्री, कमान सिङ खत्री, बिर बहादुर खत्री, एकराज खत्री, कौशिला वली, हरि बहादुर खत्री, जगत बहादुर केसी, राम बहादुर परियार, बालाराम घर्तिमगर, तेकम परियार रहेका छन् भने नेकपा माओबादी केन्द्रबाट सर्बराज घर्ति, कर्ण बहादुर पुन, प्रेम सिङ वली, कृति बहादुर खत्री, जिबराज पुन, सुरेस पुन, गोबिन्द पुन, निर्मला पुन, सुरेन्द्र परियार, हरि प्रसाद घर्ति, सिद्द बहादुर घर्ति, भुपेन्द्र घर्ति रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसबाट प्रवेश गर्नेहरु भुवन केसी, दल बहादुर खत्री, भरत वली, लोकेन्द्र घर्ति र खम्मर सिङ घर्तीले पार्टी प्रवेश गरेका छन ।

केहि दिन अघि गंगादेव गाउँपालिका वाईसीएल सदस्य शिब केसी र नेपाली कांग्रेसबाट खिम बहादुर वली पनि नेकपामा प्रवेश गरेका थिए ।

गंगादेवको स्वतन्त्र उम्मेदवारी घोषणा गरेका चुडामणि वली आदर्शले यो पार्टी प्रवेश मात्रै नभई पार्टी भित्र बिद्रोह भएको जनाएका छन् । ओलीका अनुसार अझै धेरैले बिद्रोह गर्ने बताएका छन् ।

९ बैशाख २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको