किन अप्रत्याशित रूपमा आउँदै छन् चिनियाँ विदेशमन्त्री ?


चैत ८, काठमाडौं । परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको अहिलेको नेपाल भ्रमण अप्रत्याशित हो। पूर्वतयारी भएको होइन। अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएलगत्तै हुन लागेको यीको भ्रमणलाई सामान्य र हलुका हिसाबले लिन नहुने विश्लेषकले बताएका छन्।

लामो समयदेखि नेपाल बसेर नेपाल-चीन सम्पर्क सूत्रका रूपका काम गर्दै आएका एक चिनियाँ अधिकारीका अनुसार भूराजनीतिलाई सन्तुलन राख्न यीको भ्रमण हुन लागेको हो। चिनियाँ अधिकारीहरू स्वयं यीको भ्रमण अप्रत्याशित भएको बताउँछन्। ती अधिकारीका अनुसार यो भ्रमणको मुख्य एजेन्डा नै भूराजनीति र त्यसले उत्पन्न गराउन सक्ने सम्भावित सुरक्षा चुनौती हो।

बीआरआईसमेत अहिलेका लागि सहायक विषय बनेको छ । एमसीसी अनुमोदन भएपछिको भूराजनीति अवस्थाले निम्त्याउन सक्ने सुरक्षालगायत चुनौतीहरू नै चीनका लागि महत्त्वपूर्ण विषय बनेका छन्’, उनले भने । चीन सरकार शेरबहादुर देउवा नेतृत्वको सरकारसँग ढुक्क छैन। काँग्रेस सभापति देउवा नेतृत्वको यो सरकार चीनविरोधी र अमेरिका-भारत पक्षधर रहेको चिनियाँहरूको बुझाइ छ। काँग्रेसले चीनलाई सहयोग नगर्ने उनीहरूको बुझाइ हो। विदेशमन्त्री यी बीआरआईअन्तर्गतका परियोजनाप्रति काँग्रेसको दृष्टिकोणबारे स्पष्ट भएर फर्कन चाहन्छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

 

८ चैत्र २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको