राजनितिको घेराबन्दीमा कसरी पर्यो दाङ एयरपोर्ट ?

फाइल तस्बिर

असोज ५, दाङ । भौगोलिकताले उपयुक्त, वातावरणीय हिसावले पनि अत्यन्तै उपयुक्त,आवस्यक जग्गाको सहज उपलव्धता हुंदा हुंदै पनि तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नती राजनितिको घेरावन्दीमा छ ।

एयरपोर्ट स्तरोन्नतीको जस कसले लिने भन्ने सन्दर्भमा प्रमुख राजनितिक दलहरुका नेतृत्वमा खिचातानी हुंदा यो एयरपोर्टलाइ यथास्थीतिबाट पनि तल गिराउने अभ्यास सुरु भएको छ ।

नागरीक उड्ययन प्राधिकरण भन्दा पनि जेठो एयरपोर्टले धेरै ऐतिहासीक कालखण्ड व्यहोरी सकेको छ । पन्चायतकाल, वहुदलिय प्रजातन्त्र र संघात्मक गणतन्त्रलाइ पनि यो एयरपोर्टले भोगी सकेको छ । तर यसको स्तरोन्नतीकालागी पहल गर्नुभन्दा बढि पहल यहांका राजनेताहरुले कहिले नारायणपुर त कहिले गढवालाइ भज्याइरहेका छन् ।

जुन हालकालागी अत्यन्तै असहज पनि छ । किनकि टरिगाउँ विमानस्थललाइ डम्पिङ गरेर नयां एयरपोर्ट बनाउन दाङलाइ कम्तिमा पनि दुइ दशक भन्दा बढि लाग्ने छ । तर राजनितिक इच्छाशक्ति र विकाशमा सवै दलहरुबीच ऐक्यवद्धता भए तुलसीपुरको टरिगाउँ विमानस्थल स्तरोन्नती गरी १७ सय पचास मिटर रनवे बनाउन कुनै हात्तिको दात हुने छैन ।

तुलसीपुर उपमहानगरपालिकाले टरिगाउँ विमानस्थलकै स्तरोन्नतीका सन्दर्भमा बुधवार उपमहानगरपालिकाकै सभाहलमा आयोजना गरेको सर्वदलिय/सर्व पक्षिय छलफल र संवाद कार्यक्रममा सहभागीहरुले पनि यस्तै अभिव्यक्ति दिए ।

सम्पुर्ण रुपले सम्भावना हुदाहुंदै पनि विमानस्थलको स्तरोन्नती नहुनु समग्र दाङबासीका लागी अन्याय हो । दाङ जिल्लाको आर्थिक समृद्धिलाइ हवाइ सेवाले अवरोध पु¥याएको छ । त्यसो त नागरीक उड्ययन प्राधिकरणको तथ्यांकमा दाङ एयरपोर्ट भनेर चिनिने टरिगाउँ विमानस्थल अलपत्र परेको छैन, तर व्यवस्थीत हुन पनि सकेको छैन ।

कहिले चल्ने कहिले बन्द हुने नियती तीन दशक देखि चल्दै आएको छ । सर्वदलिय सर्वपक्षिय कार्यक्रममा नागरीक उड्ययन प्राधिकरणका इन्जिनियर तथा यहिंकै स्थानियबासी युवराज रिजालले देखाएको प्राविधिक प्रस्तुतीमा पनि यहां हर तरहले एयरपोर्ट स्तरोन्नती संभव भएको देखाए । तर त्यसकालागी रनवेको अलाइनमेन्ट परीवर्तन गनुैपर्ने र धेरै बस्ती रहेको जग्गा अधिग्रहण गर्नुपर्ने तर्क राखे ।

तर एलाइन्मेण्ट परीवर्तन गर्दा हाल ओगटेको जग्गा बच्ने र त्यहि विस्थापित बस्तीलाइ व्यावस्थापन गर्न सकिने सन्दर्भमा त उनको प्रस्तुतीले केही बोलेन । यदि एलाइन्मेन्ट चेन्जगर्ने हो भने,एयरपोर्टले ओगटेको हालको जग्गा धेरै बच्ने छ ।

त्यो जग्गामा विस्थापित गर्नुपर्ने बस्तीलाइ समेट्न सकिने छ । अर्को कुरा अधिग्रहण गर्नुपर्ने जग्गा धेरै ऐलानी पनि छ, केहि कपास विकाश समितिको छ अनि केहि सामुदायिक वन क्षेत्र पनि हो ।

छलफल कार्यक्रममा स्थानिय विकाश विज्ञ तथा पुर्व सचिव रमेश अधिकारीले आवस्यक परेको स्थानमा जग्गा दिन तयार हुने वातावरण मिलाउन एउटा अधिकार प्राप्त सहजीकरण समिति निर्माण गर्न र संघिय सरकारसंग लविङ गर्न सक्ने एउटा समिति निर्माण बनाएर अघि बढ्न सुझाव दिए ।

‘गफाडी होइन, खेलाडी बनेर देखाउनु पर्ने छ, किनकि हामीलाइ टरिगाउँकै विमानस्थल स्तरोन्नती गरेर सन्चालन गर्नुपरेको छ’, अधिकारीको सुझाव थियो ।

कार्यक्रमको सुरुमै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले विमान सेवा अपरीहार्य भएको भन्दै जुनकुनै हालतमा एयरपोर्ट स्तरोन्नती गर्न स्थानिय पालिकाले अग्रसरता लिने र संघिय सरकारले सम्वोधन गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए ।

दाङ जिल्लामा हवाइ सेवा भैदिएको भए चारतारे होटलहरु खुल्न सक्थे, दात्रि निकायका व्यक्तिहरुको चहलपहल बढ्न सक्थ्यो । उच्चस्तरीय नेताहरुको नियमित आवागमन हुन सक्थ्यो । पर्यटकिय समृद्धीको रेखा कोर्न सकिन्थ्यो, तर अधुरो हवाइ सेवाका कारण यहांको समग्र आर्थिक समृद्धिमा अवरोध भएको छ ।

एक मात्र चल्तीको विमानस्थल स्तरोन्नतीका लागी सल्यान जिल्लाको कपुरकोट देखि दाङको लमही नगरपालिका, घोराही उपमहानगरपालिका, दंगिशरण गाउपालिका लगायतका प्रम्खहरुले आर्थिक, नैतिक र भौतिक सहयोगको प्रतिवद्धता व्यक्त गरे ।

घोराहीका मेयर नरुलाल चौधरीले क्षेत्रीय र भेगिय कुरा नगरेर समग्र जिल्लाको समृद्धिका लागी तत्काल हवाइ सेवालाइ स्तरीय र नियमित बनाउन एयरपोर्ट स्तरोन्नती गर्ने सवालमा घोराहीको पुर्ण साथ र सहयोग रहेको अभिव्यक्ति दिए ।

लमही नगरपालिकाका जोगराज चौधरी देखि दंगिशरण गाउपालिकाका सम्भु गिरी र सल्यान कपुरकोट गाउपालिकाका प्रतिनिधि मित्र कठायतले समेत साथ र सहयोगको प्रतिवद्धत व्यक्त गरेका थिए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सरसफाइ अभियन्ता विमल रिजाल, तुलसीपुरका पुर्व प्रमुख ढुण्डिराज लामीछाने, समाजसेवी तथा पुर्व वडाध्यक्ष नवराज लामीछाने, तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डे, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, तुलसीपुर उपमहानगरपालिकाका स्यानी चौधरी, सल्यान जिल्ला समन्वय समितिका उपप्रमुख असविर बुढाथोकी, नागरीक समाज दाङका पुर्व संयोजक टिकाराम रेग्मी, एमालेका कृष्ण भुषाल, नेकाका शेशमणी पौडेल, माओवादी केन्द्रका केशव वली, दाङ उद्योग वाणिज्यसंघका सचिव नरेश श्रेष्ठ, ज्येष्ठ नागरीक ललीत वहादुर वली, ज्येष्ठ नागरीक तिलक वहादुर बस्नेत,कपुरकोट गाउँपालिका ४ का अध्यक्ष मित्र कठायत लगायतले विमान सेवाको ढोका खोल्न अव छलफल र बैठक होइन एक्शनमा उत्रन आयोजकलाइ दवाव दिएका थिए ।

छलफल पछि एयरपोर्ट स्तरोन्नतीका लागी सहयोग समिति निर्माण गरीने बताइएको छ । नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले स्वागत गरेकी थिइन भने सहजीकरण प्रबक्ता माधव वलिले गरेका थिए ।

५ आश्विन २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको