थबाङमा जनयुद्ध दिवसको अवसरमा सुरु गरिएको खेलकुद तथा साँस्कृतिक प्रतियोगिता सम्पन्न


फागुन ९, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी थबाङ रोल्पाले २७ औं महान जनयुद्ध दिवसको अवसरमा आयाेजना गरेकाे विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएकाे छ ।

हप्ता दिनसम्म सञ्चालन भएको जनयुद्ध दिवसको अवसरमा करिब ९/१० वटा खेलकुद र साँस्कृतिक कार्यक्रमहरू गरिएको आयाेजकले जनाएकाे छ । आयाेजित खेलकुद प्रतियाेगिता अन्तरगत पुरुष भलिबलतर्फ ८ वटा टिम र महिलातर्फ १४ टिमकाे सहभागिता रहेकाे थियाे ।

पुरुष भलिबलतर्फ अजम्बरी युवा क्लब थबाङ राेल्पा विजेता र त्रिवेणी गाउँपालिका राेल्पा उप-विजेता भएका छन् भने शिखरकोट थबाङ राेल्पा र भुमे गाउँपालिका लाबाङ रूकुम पूर्व सेमिफाइनललिस्ट भएका छन् ।

यस्तै महिला भलिबलतर्फ धुपीसल्ला युवा युवा क्लब भुमे १ रुकुम पूर्व विजेता भुमे ८ पोखरापाता रुकुम पूर्व उप-विजेता शिखरकोट र महत रुकुम पूर्व सेमिफाइनलिस्ट भएकाे थबाङबाट गाेविन विकले जानकारी दिए । विजयी प्रतियाेगिहरूलाई पुरूष भलिबल विजेता टिमले नगद रु. ५० हजार, कप मेडल, प्रमाणपत्र र महिला भलिबल विजेताले नगद रु. ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसका साथै ब्याडमिन्टन, एकल नृत्य, दोहोरी गित, बास्केटबल, लघु म्याराथन, बुद्धिचाल लगायतका प्रतियाेगिताहरू समेत सम्पन्न भएका छन् ।

कार्यक्रम समापन समारोहमा नेकपा थबाङका युवा नेता अमित घर्ती मगरले सबै सबै सहयोगी निकाय पुरस्कार प्रायोजक महानुभावहरू, सुरक्षाकर्मी, व्यापारी, कर्मचारी, पत्रकार, सहभागि खेलाडीहरू, कलाकारहरूलाई आयाेजककाे तर्फबाट धन्यवाद दिएका थिए ।

९ फाल्गुन २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको