विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले धादिङमा बनायो विद्यालय भवन


भदौ ४, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेको छ। शुक्रबार संगठनले एक कार्यक्रम आयोजना गरी भवन उद्घाटन गरेको छ ।

विद्यालयको उद्घाटनमा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीलगायतका नेता कार्यकर्ता पुगेका थिए । धादिङ जिल्लाको अति विकट त्यस बस्तीमा यसभन्दा पहिले विद्यालय थिएन ।

धादिङ जिल्लाको अति विकट त्यस बस्तीमा यसभन्दा पहिले विद्यालय थिएन र बालबालिकाहरू शिक्षाबाट बन्चित थिए । नजिकको विद्यालय पनि तीन घण्टाको दूरीमा रहेको र भिरालो बाटो भएकोले बालबालिकाहरू पढ्ने अवसरबाट बन्चित थिए । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता प्रतिबन्धको समयमा अभियानको क्रममा त्यस क्षेत्रमा जाँदा विद्यालय नै नभएकोले विप्लवको निर्देशनमा नेकपा र अखिल (क्रान्तिकारी) को पहलमा विद्यालय निर्माण भएको हो ।

त्यस गाँउमा करिब २५ घरधुरी रहेका छ्न । गाउँमा करिब ५० को संख्यामा बालबालिका रहेको अखिल (क्रान्तिकारी) जनाएको छ । यसभन्दा पहिले बालबालिका विद्यालय जाने अवस्था नरहेकोले आफुहरुले विद्यालय निर्माण गरेको अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले बताए ।

अखिल (क्रान्तिकारी ) ले आफै लगानी, श्रमदान र स्थानीयसँगको सहकार्यमा ४ कोठे विद्यालय भवनको निर्माण सम्पन्न गरेको हो । हिजो उद्घाटन लगत्तै विद्यालयमा पढाई सुरु भएको छ । विद्यालयलाई आवश्यक फर्निचर, खेलकुद सामग्री र शैक्षिक सामग्री समेत अखिल (क्रान्तिकारी) ले उपलब्ध गराएको छ । अहिले विद्यालयमा ३० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका अस्मिता घलानले बताइन् । नवनिर्मित उक्त विद्यालय सहिद प्रज्वल शाहीको सम्झनामा उहाँकै नामबाट `श्री प्रज्वल स्मृति नमुना आधारभूत विद्यालय´ रहेको छ ।

४ भाद्र २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको