तकसेरा समाज पोर्चुगल द्वारा विद्यालयलाई शैक्षिक सामाग्रीहरु सहयोग


असोज २, रुकुम । पुर्व पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयलाई तकसेरा समाज पोर्चुगलले जिन्सी सामान सहयोग गरेका छन् ।

तकसेरामा जन्मेर हाल युरोपियन मुलुक पोर्चुगलमा बसिरहेका समुहले बाल्यकालमा आफू पढेको विद्यालयमा बच्चाहरु खेल्ने पिङ र चिप्लेटी राखिदिएका छन् । अोम बहादुर घर्तीको अगुवाइमा रकम संकलन गरिएको थियो सो रकमले चिप्लेटी -१, पिङ -१ र बालबालिकालाई अक्षर सिकाउन चाहिने सामाग्रीहरु आज एक कार्यक्रम गरेर विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

तकसेरा समाज पोर्चुगल बाट सहयोग गर्ने सहयोगी दाताहरु बाट ६५५ युरो रकम, ओम बहादुर घर्तीमगर, अधिराज बुदामगर, अदिक बुदामगर, नवीन बुदामगर, सिङारमान बुदामगर, तकाले बादल, राजकुमार बुदामगर, अमर घर्तीमगर, जुनु बुदामगर, तपस बुदामगर, गणेश बुदामगर, मनोज बुदामगर, कुमिरमान, हिकमत घर्तीमगर, धरम बुदामगर, गिता पुनमगर, रोमन बुदामगर, निरमल बुदामगर, सुशीला बुदामगर, ज्योति बुदामगर, संगिता बुदामगर, केशव बुदामगर रहेका छन् ।

३ आश्विन २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको