अनिल लामिछाने मगरको पहलमा बागलुङको बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण


मगर संसारका संस्थापक अध्यक्ष/समाजिक अभियंता अनिल लामीछाने मगरको बिशेष पहलमा संकलित सहयोग रकम रु.३६ हजार ५०० रुपैंया मगर संसार ग्रुपको माध्यमबाट बागलुङ जिल्ला गलकोट ११ मनेवाकी पाठेघर समस्याले ग्रसित ५४ बर्षीय धनमाया सिँजाली मगरलाई हस्तान्तरण गरिएको छ ।

उपचारको क्रममा बुटवल रहनु भएकी धनमाया मगरलाई मगर संसार फोटो ग्यालरी ग्रुपका महासचिव एडमिन जानकी मगर र अस्मि थापा मगरले सो सहयोग रकम हस्तांतरण गरेको हो।सहयोग अपिलमा मगर संसार फोटो ग्यालरी ग्रुप/पेजका एडमिन हरुले साथ दियको थियो ।

देवदह निवासी अनिल लामिछाने मगर हाल कोरियामा कार्यरत छन । अनिलको बिशेष सक्रियतामा आजसम्म मगर संसार द्वारा ९९ जना दिन दुखी गरीब बिरामिलाई सहयोग गरी सकेको जानकारी दिनु भएको छ ।
सहयोग पठाउनु हुने सहयोगी हरु निम्न छन :-
…..
१) मगर संसार डान्स आइडल -२०७८ मा बचेको स्पोन्सरबाट रु.१०,०००/-

२) सानु पुनमगर- बागलुङ जिल्ला जैमुने 8 हाल कोरिया रु.१०,०००/-

३) कमल थापा मगर – संखुवासभा खाडबारी हाल korea – कोरियन 25,000/- वन

४) कल्पना पून काउचा मगर – बागलुङ गलकोट हाल हङकङ रु.५,०००/-

५) सुमन थापा मगर – नवलपरासी, कावासोती झ्यालबास हाल मलेशिया रु.१०,०००/-

 

६ बैशाख २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको