दाङको एक किराना पसलमा आगलागी, मोटरसाइकल पल्टिदा दुई घाइते


मङ्सिर २, दाङ । दाङको तुलसीपुर-५ बसपार्कमा रहेको विशाल किराना पसलमा गएराति आगलागी भएको छ ।

पसलमा आगलागी हुँदा खाद्यान्न, बिस्कुट, चाउचाउ लगायतका लाखौको मूल्यको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । आगलागीको खबर पाए लगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीयबासी, शसस्त्र प्रहरी, जनपथ प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने आइसकेको छैन् । आगलागीको खबर पाए लगत्तै नेकपा एमालेबाट क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल वली एमालेबाट प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, कोषाध्यक्ष सन्तोष खड्का लगायतले घटना स्थलमा पुगेर क्षतिको बारेमा जानकारी लिएका थिए ।

मोटरसाइकल पल्टिदा दुई जना घाइते

मोटरसाईकल अनियन्त्रित भई पल्टिदा तुलसीपुरका दुई जना घाईते भएका छन् । दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का परिछित पार्धे र सोही ठाउँका १९ वर्षीय बिकेश पार्धे घाइते भएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका ९ बजेको समयमा तुलसीपुरबाट बिजौरी तर्फ जाँदै गरेको प्रदेश ३-२६ प १९०६ नं. को मोटरसाइकल तुलसीपुर ७ पर्सेनीमा अनियन्त्रित भई पल्टिएको थियो ।

घाईते मध्ये परिछितको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ भने बिकेशलाई सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

 

२ मंसिर २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको