दाङमा हथौडा प्रहार गरि श्रीमतिको ह’त्या, लुटपाट गर्ने दुईजना पक्राउ


मङ्सिर २, दाङ । दाङका एक ब्यक्तीले हथौडा प्रहार गरि श्रीमतिको ह’त्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार बबई गाउँपालिका १ क्युरेनी निवासी ४० बर्षीय लालबहादुर बोटेलेले श्रीमति ३४ बर्षीया खुमी बोटेलाई हथौडा प्रहार गरि ह’त्या गरेका हुन् ।

आईतबार राति ३ बजेतिर हथौडा प्रहार गरि श्रीमतिको ह’त्या गरेको थाहा पाएपछि गाउलेले लालबहादुरलाई घरभित्रै थुनेका थिए । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

मदिरा खाएर श्रीमतिलाई ह’त्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

चक्कु देखाएर लुटपाट गर्ने दुई जना पक्राउ

दाङमा चक्कु देखाएर अटोमा लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्लेकुला निवासी २६ वर्षीय गोविन्द केसी र तुलसीपुर ५ बसपार्क निवासी १९ वर्षीय आषिश परियार रहेका छन् ।

गएराती पौने १० बजेको समयमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ रानीबनको जंगलमा तुलसीपुरदेखि जुम्लेकुलातर्फ जाँदै गरेको भे १ ह ५४४३ नम्बरको अटोलाई नियन्त्रणमा लिई चालकको साथबाट नगद २ हजार ९२० र मोबाईल लिएर भाग्दै गरेको अवस्थामा शान्तिनगर मतदान केन्द्रमा खटिएका प्रहरी निरिक्षक सौजन डाँगीसहित खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट लुटिएको सबै सामान फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

२ मंसिर २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको