राजनीतिको आडमा जागिर खाने सपना कुनै शिक्षकले नदेख्नु : गंगादेव अध्यक्ष हरि पुन


असार ४, रोल्पा । गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष हरि बहादुर पुनले राजनीतिको आडमा कुनै शिक्षकले जागिर खाने सपना नदेख्न आग्रह गरेका छन् । नेपाल शिक्षक संघ गंगादेव गाउँ कार्यसमिति गंगादेवले आयोजना गरेको नवनिर्बाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान कार्यक्रममा पुनले यस्तो आग्रह गरेका हुन ।

बिगतमा अध्यक्षलाई घुसदिने र प्रलोभनमा पार्न शिक्षकहरु अग्रसर भएको बताउदै पुनले भने ‘शिक्षक साथीहरु राजनीतिको आडमा जागिर खाने सपना नदेख्नु’ नेतालाई घुस हाल्ने र नेता बिगार्ने कार्य शिक्षकले नगर्नु ।’ उनले बिगतको स्थानीय सरकारलाई इंगित गर्दै थपे, बिगतमा स्थानीय सरकारका निकायहरु जागिर खाने भर्तीकेन्द्र बने, ३ जना शिक्षक चाहिने बिद्यालयमा ८ जना शिक्षकहरु अनावश्यक थपिए, त्यसको म अन्त्य गर्छु ।’

उनले शिक्षकलाई बिद्यालयमा राजनीति नगर्न जोड दिए । यदि राजनीति गर्ने भए पेशा छोडेर फिल्डमा आउन आग्रह समेत गरे ।

अर्को एक फरक प्रसंगमा अध्यक्ष पुनले भने ‘बिगतमा खनेका उधारो बाटाहरु स्थानीय सरकारका कुकर्म हुन, जसले खनाएको हो उसैसंग भुक्तानी माग्नु, प्राबिधिक स्टोमेट गराएर खनिएका बाटोहरुको मात्रै भुक्तानी हुन्छ, अरु हुँदैन ।’

नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ गंगादेव गाउँ कार्यसमितिले गंगादेव गाउँपालिकाका नवनिर्बाचित जनप्रतिनिधिहरुलाई आज शनिबार स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि नवनिर्बाचित गाउँपालिका अध्यक्ष हरि बहादुर पुन रहेका थिए भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष अमृता केसी – वली रहेका थिए ।

अन्य अतिथिहरु पालिकाका सबै वडाध्यक्षहरु, कार्यसमिति सदस्यहरु, सम्पूर्ण नबनिर्बाचित सदस्यहरु, काँग्रेस पार्टीका विभिन्न तहका नेता तथा बुद्दिजिबिहरु रहेका थिए । कार्यक्रमको सभापतिमा नेपाल शिक्षक संघ गंगादेव गाउँ कार्यसमितिका अध्यक्ष कमल हमाल रहेका थिए भने नेपाल शिक्षक संघ गंगादेव गाउँ कार्यसमिति कोषाध्यक्ष अमृत घर्ति मगरले कार्यक्रम संचालन गरेका थिए ।

नेपाल शिक्षक संघ गंगादेव गाउँ कार्यसमितिका उपाध्यक्ष इमान डाँगीले स्वागत भाषण दिएका थिए । कार्यक्रममा सहभागी नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अबिर र मालाद्वारा स्वागत तथा सम्मान गर्ने कार्य भएको थियो ।

४ असार २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको