असोज १, बाँके । बाँकेबाट साढे २६ ग्राम ब्राउन सुगर र पौने ६ लाख रुपैंयासहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १२ चप्परडौडीकी ३८ बर्षीया यशोदा कार्की, उनका श्रीमान रुद्रबहादुर कार्की र सोही ठाउँ बस्ने २४ बर्षीय मनोज गिरी पक्राउ परेका छन् ।
उनीहरुको साथबाट २६ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, पाँच लाख ७३ हजार हजार ८ सय १० रुपैंया, डिजीटल तौल मेसिन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद घर्तीका अनुसार यशोदा कार्कीको चप्परडौडीस्थित घरमा ब्राउन सुगरको अबैध कारोबार भइरहेको भन्ने गोप्य सूचनका आधारमा पुगेको प्रहरी शनिबार बिहान १० बजेतिर उनीहरुलाई घरैबाट पक्राउ गरेको थियो ।
उनीहरुमाथि आवश्यक अनुसन्धान जारी रहेको डिएसपी घर्तीले बताए । बरामद ब्राउन सुगरको परिमान अनुसार १५ बर्ष भन्दा माथि वा जन्म कैद सजाय हुने कानुनी ब्यबस्था रहेको डिएसपी घर्तीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस