मगर संसारको पहलमा १०७ औं सहयोग हस्तान्तरण


स्याङ्जा जिल्ला वालीङ १२ डांडाखर्कका बस दुर्घटना परेका पिडित परिवारलाई मगर संसारले सहयोग रकम हस्तांतरण गरेको छ । बैशाख महीनामा गाडी दुर्घटना परी ६ जनाको मृत्यु र ३ घाइते भएका एउटै गाउँका सम्पूर्ण मगर समुदाय भित्रका र आर्थिक अवस्था नाजुक परिवार परेकोले घाइते परिवारको उपचार खर्चको लागि केहि राहत होस भनी मगर संसार फोटो ग्यालरीको पहलमा संकलित सहयोग रकम जेठ २८ गते स्याङ्जा जिल्ला वालीङ १२ डांडाखर्कका पिडित परिवारलाई मगर संसारका एडमिन शान्ति राना मगर र स्थानीय मगर बुद्धिजीवीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

मगर संसारको यो १०७ औं सहयोग हस्तान्तरण रहेको मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरले बताउनु भएको छ ।

सहयोगी दाताहरु:
१) अनिल लामिछाने मगर – मगर संसारका अध्यक्ष हाल कोरिया रु.२ हजार
२) हुमन सारू मगर – गल्यांग 8 स्याङ्जा हाल कोरियन, कोरियन ३० हजार वोन
3) यम ब.सुनारी मगर – पाल्पा निस्दी 7 हाल मलेशिया रु.२,८१०/-
४) लोक राना मगर ktm हाल uk रु.१० हजार
५) लाले बुढा मगर – पूर्वी रुकुम तकसेरा हाल अमेरिका रु.५ हजार
६) दीपक दर्लामी मगर वालीङ् 2 स्याङ्जा हाल korea कोरियन 30,000 वोन

सहयोग जम्मा २५ हजार ८ सय १० रुपैंया सहयोग उठेको थियो ।

३ असार २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको